Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिल्यै पुराना नभएका दुई फिल्मी तिहार गीत

फिल्मीखबर, काठमाडौं, 2019/10/27
चाडपर्व लक्षित गरेर नेपाली फिल्महरुमा गीत निर्माण गरिने प्रचलन निकै न्यून छ । २ दशक अगाडि तुलसी घिमिरे निर्देशित ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको तिहार गीत भने कहिल्यै पुरानो भएन । आज पनि यो गीत उतिक्कै लोकप्रिय छ । जब यो गीत बज्न थाल्छ तब तिहारले घर आँगन टेकेको आभास हुन्छ ।
 
तिहार सम्झाउने गीतहरु थुप्रै बने पनि ‘चिनो’ को गीत अझै पनि कालजयी छ । लक्ष्मी पूजा लक्षित यो गीत हरेक बर्षको लक्ष्मी पूजाको दिन टेलिभिजन र रेडियोमा खुब बज्ने गर्दछ । भारतीय गायिका आशा भोस्लेको स्वरमा सजिएको यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी फिचर भएकी छिन् । काग तिहारबाटै यो गीत जताततै घन्किन थालेको छ । 
 
थुप्रै फिल्ममा जीवन्त अभिनय गरिसकेकी अभिनेत्री शुभद्रा पनि यो गीतलाई आफ्नो फिल्मी करिअरको सर्वाधिक उत्कृष्ट भन्ने गरेकी छन् । गीतमा रन्जीत गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको छ । ‘चिनो’ फिल्म २०४८ सालको छेकोमा रिलिज भएको थियो । यो फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, कृष्टि मैनालीको प्रमुख भूमिकामा छ । 
 
तिहार लक्षित अर्को कालजयी गीत हो, ‘तिहारै आयो लौ झिलिमिली...’ । यो गीत घन्कन थालेपछि तिहार नजिकिएको आभास हुन्छ । बरिष्ठ निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा यो गीत समावेश छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । हरेक वर्षको तिहारमा देउसी भैलेनी खेल्नेहरु यो गीतमा निकै रमाउने गर्दछन् ।
 
‘दियो बाली साँझको...’:
 
‘तिहारै आयो लौ झिलिमिली...’:

 

 

Most Visited News (monthly)