Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब पारिश्रमिकमा चिरञ्जीवीले अमिताभलाई उछिने

फिल्मीखबर, , 2019/10/28
साउथ सुपरस्टार चिरञ्जीवी ६२ वर्षको उमेरमा पनि अभिनयमा उतिक्कै सक्रिय छन् । उनले साउथ इन्डियन फिल्मसँगै बलिउडमा समेत आफ्नो पाइला राखिसकेका छन् । उनको फिल्ममा दमदार एक्सन रहन्छ भने रोमान्सको पनि फरक अन्दाज देख्न सकिन्छ । रजनीकान्तपछि चिरन्जीवी मात्र यस्ता अभिनेता हुन्, जसलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । 
 
चिरञ्जीवी नामबाट चर्चित यी अभिनेताको वास्तविक नाम कोनिदेला शिव शंकर वरा प्रसाद हो, तर फिल्ममा इन्ट्रीपछि उनले आफ्नो नाम परिवर्तन गरेर चिरञ्जीवी राखे । ९० को दशकमा उनी भारतका सबैभन्दा बढी पारिश्रमिक लिने स्टार्स मध्येका एक हुन् । एकपटक उनले यो मामलामा बलिउड स्टार अमिताभ बच्चनलाई समेत पछाडि छाडेका थिए ।
 
हालसालै प्रदर्शनमा आएको पिरियोडिक ड्रामा 'साइरा नरसिम्हा रेड्डी' मा चिरञ्जीवीले अमिताभ बच्चनसँग स्क्रिन साझेदारी गरेका थिए । यो फिल्म कुरनूलका लोकप्रिय स्वतन्त्रता सेनानीको जीवनमाथि आधारित छ । सुरेन्द्र रेड्डीद्वारा निर्देशित र राम चरणद्वारा निर्मित फिल्म १५० करोडमा बनेको हो । यो तेलुगू, हिन्दी र कन्नड भाषामा प्रदर्शन भएको थियो । र, बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।
 
चिरञ्जीवी एक राजनीतिज्ञ पनि हुन् । उनले सन् १९७८ मा फिल्म 'पुनाधिराल्लु' बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेका थिए । तर, बक्सअफिसमा रिलिज पहिलो फिल्म भने 'प्रणाम खारिदु' हो । उनलाई घर-घरमा पहिचान भने फिल्म 'मना पूरी पन्डावुलू' बाट मिलेको थियो । उनले आफ्नो करिअरको दौरानमा साउथको ९ फिल्मफेयर अवार्ड जितेका छन् ।
Most Visited News (monthly)