मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नम्रता श्रेष्ठको नयाँ फिल्म कुन ?

फिल्मीखबर, काठमाडौं, 2019/11/05
 
अभिनयमा पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ फिल्म छनोटमा निकै चुजी मानिन्छिन् । वर्षमा एक वा दुईभन्दा बढी फिल्म नगर्ने उनको यस वर्षको भदौमा फिल्म ‘जाइरा’ रिलिज भएको थियो । यसमा उनी मार्सल आर्टस् खेलाडीको भूमिकामा थिइन् । फिल्ममा उनकै लगानी थियो । तर, कथावस्तु बलियो भए पनि फितलो प्रस्तुतीका कारण फिल्मले बक्सअफिसमा घुँडा टेक्यो । जसले गर्दा नम्रता निराश भइन् । 
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ मा विवाहित महिलाको भूमिकामा वाहवाही बटुलेकी उनले ‘जाइरा’ मा गरेको मेहेनतको पनि सबैले प्रशंसा गरेका थिए । तर, फिल्म नै कमजोर निस्किएपछि उनको मेहेनत छाँयामा पर्‍यो । यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको छैन । ‘प्रसाद’ र ‘जाइरा’ को लगभग एकै समयमा छायांकन हुँदै थकित भएकी उनी अब केही समय विश्राम लिने सोचमा छिन् । 
 
‘जाइरा’ ले बक्सअफिसमा असफलता भोग्नुको कारण धेरैले नम्रताले आफ्नो जनराभन्दा फरक फिल्म रोज्नुलाई मानेका छन् । यो फिल्ममा उनी पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएकी थिइन् । दर्शकले पर्दामा उनलाई सोझी प्रेमिकाको भूमिकामा बढी रुचाएका छन् । भने, जोडीमा अभिनेता आर्यन सिग्देल । अब, उनले कुन जनराको फिल्म रोज्नेछिन् धेरैका लागि कौतुहलताको विषय बनेको छ । 
 
फिल्मवृतमा नम्रताले अभिनेत्री रेखा थापाले निर्माण र रेनशा वान्तवा राईले निर्देशन गर्न लागेको फिल्ममा अभिनय गर्न लागेको चर्चा छ । तर, यस विषयमा निर्माण टिमबाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । केही पटक फिल्मको विषयमा रेखा र नम्रताबीच भेटघाट भएको स्रोत बताउँछ । दुईबीच टिमअप भएको खण्डमा पहिलो पटक रेखा र नम्रतालाई पर्दामा हेर्न निकै रोचक हुनेछ ।