Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अन्दाज अपना अपना’ को सेटमा बोल्दैन थिए सलमान र आमिर

एजेन्सी, मुम्बई, 2019/11/06
 
सन् १९९४ मा आएको सलमान खान र आमिर खान स्टारर फिल्म ‘अन्दाज अपना अपना’ त्यसबेलाको सुपरहिट फिल्ममा सामेल थियो । राजकुमार सन्तोषी निर्देशित यस फिल्मलाई दर्शकले निकै रुचाएका थिए । सोमबार फिल्मले २५ वर्ष पूरा गरेको छ । यो मौकामा फिल्मकी लिड एक्ट्रेस रवीना टण्डनले केही आश्चर्यजनक खुलासा गरेकी छन् ।
 
हिन्दुस्तान टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘मल्टीस्टारर फिल्ममा काम गर्न निकै रमाइलो हुन्छ । फिल्मको छायांकनको बेला कोही कसैले एकअर्कासँग कुरा गरेका थिएनन् । सबैको झगडा चलिरहेको थियो । सलमान खान र आमिर खानले पनि एकअर्कासँग कुरा गरेका थिएनन् । म र करिश्माबीच पनि बोलचाल बन्द थियो । थाहा छैन फिल्म कसरी बन्यो ।’ 
 
‘फिल्मको अन्तिम एक सिन छ, जहाँ म र करिश्मा पिलरमा बाँधिएका छौं । त्यसबेला निर्देशन सन्तोषीले जबसम्म तिमीहरु एकअर्कासँग बोल्दैनौ तबसम्म डोरी खोल्दिनँ भनेपछि हामीबीच बोलचाल सुरु भयो’, उनी सम्झन्छिन् । करिश्मासँग रमाइलो र झगडा दुबै भएको उनी बताउँछिन् । सलमान र आमिर मिल्ने साथी रहेको पनि अभिनेत्री टण्डनले बताइन् । 
 
अहिले ‘अन्दाज अपना अपना’ को सिक्वेललाई लिएर निकै चर्चा भइरहेको छ । केही समय अगाडि राइटर दिलीप शुक्लाले फिल्मको कथामा काम भइरहेको बताएका थिए । उनले भनेका छन्, ‘यो फिल्मको कथा मैले लेखिरहेको छु । सिक्वेलको कहानी लेख्नु निकै जटिल काम हो ।’ सिक्वेललाई अघिल्लो फिल्मभन्दा आकर्षित गर्ने प्रयास भइरहेको उनले बताएका छन् । 
Most Visited News (monthly)