Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लगातार फिल्म सफल भए पनि खुसी छैनन् आयुष्मान

फिल्मीखबर, काठमाण्डौ, 2019/11/16
 
‘राष्ट्रिय अवार्ड विजेता’ आयुष्मान खुरानालाई अहिले बलिउडको ‘हिट मेशिन’ भन्ने गरिन्छ । उनको एकपछि अर्को फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गरिरहेका छन् । २५ देखि ३० करोडमा निर्माण हुने उनका प्रायः फिल्मले सय करोडको आँकडा छुन सफल छन् । गएको शुक्रबारबाट उनी अभिनीत फिल्म ‘बाला’ प्रदर्शनरत छ । जसले बक्सअफिसमा धूम मच्चाएको छ । 
 
२५ करोडमा बनेको यो फिल्मले प्रदर्शनको दुई दिनमा नै लगानी सुरक्षित गरेको थियो । ‘बाला’ अहिले सय करोडको बाटोमा छ । यो आयुष्मानको सातौं फिल्म हो, जुन हिट साबित भएको छ । तर, लगातार फिल्म हिट भए पनि आयुष्मान भने खुसी छैनन् । उनी आफूमा अझै राम्रो फिल्म गर्ने भोक रहेको बताउँछन् । साथै, आफूमाथि राम्रो फिल्म गर्नुपर्ने चुनौती थपिएको उनको कथन छ । 
 
उनी भन्छन्, ‘मलाई अझ राम्रो फिल्म गर्ने भोक छ । जसले मलाई एक अभिनेताको रुपमा राम्रो, नयाँ र विघटनकारी फिल्मको खोजी गर्नका लागि सञ्चालित वा प्रेरित गर्छ ।’ उनलाई लाग्छ सबैले आफ्नो सफलताको माध्यमबाट धेरै कुरा सिक्ने गर्दछन् । अलग-अलग तरिकाको फिल्म गर्न रुचाउने यी अभिनेता आफ्नो फिल्म सामाजिक परिवर्तनको पर्यायजस्तै बनेको बताउँछन् । 
 
‘बाला’ पछि आयुष्मान खुराना, अमिताभ बच्चनसँग सुजित सरकार निर्देशित फिल्म ‘गुलाबो सिताबो’ मा देखिँदैछन् । भने, ‘शुभ मंगल ज्यादा सावधान’ पनि प्रदर्शनको पखाईमा छ । यो फिल्म एक गे कपलको प्रेम कहानीमा आधारित छ । आनन्द एल रायको निर्देशनमा बनेको फिल्ममा आयुष्मान पहिलो पटक गेको भूमिकामा देखिँदैछन् । यो ‘शुभ मंगल सावधान’ को सिक्वेल हो ।
Most Visited News (monthly)