Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चुरीफुरी’ का लागि कलाकार छान्दै ‘ड्रिम गर्ल’ निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2019/11/17
 
निर्देशक ऋषिराज आचार्यले गत वर्ष ‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा दुई फिल्म ‘चुरीफुरी’ र ‘द्रौपर्दी’ को एकसाथ घोषणा गरेका थिए । त्यसबेला, उनले निर्माता भाग्ने डरले एकसाथ दुई फिल्मको घोषणा गरेको भन्दै टिका टिप्पणी भएको थियो । दुई फिल्म घोषणामै सीमित हुने पनि अडकलबाजी गरिएको थियो । तर, उनले दुई फिल्मध्ये ‘चुरीफुरी’ को तयारी थालेका छन् । 
 
शुक्रबारबाट यो फिल्मको कलाकार छनोट कार्य सुरु भएको छ । शुक्रबार भएको पहिलो चरणको अडिसनमा दुई सयभन्दा बढी नयाँ अनुहारले सहभागिता जनाएको निर्देशक आचार्यले बताए । अडिसनमार्फत् ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री र केही सह-कलाकार छनोट गरिने उनको भनाई छ । पहिलो चरणको अडिसनमा केही कलाकार छनोट गरिएको छ । 
 
केही दिनमा हुने दोश्रो चरणको अडिसनपछि फिल्मका लागि सम्पूर्ण कलाकार छनोट हुने विश्वास आचार्यको छ । विदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने व्यबस्था मिलाइएको छ । पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज र संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी निर्णायकको रुपमा थिए । मंसिर तेश्रो साताबाट फिल्मको छायांकन सुरु हुनेछ । 
 
‘ड्रिम गर्ल’ सँगै ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ फिल्मको क्याप्टेनसिप सम्हालिसकेका निर्देशक आचार्यले ‘चुरीफुरी’ कमेडी जनरामा बन्न लागेको बताए । फिल्मबारे जानकारी दिँदै उनले भने, ‘फिल्मको कथावस्तुमा निकै मेहेनत गरेका छौं । त्यसलाई पर्दामा उतार्न कुनै कसर छाड्ने छैनौ ।’ आरबी मुभीजको ब्यानरमा फिल्म बन्न लागेको हो ।
Most Visited News (monthly)