Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(118 votes, avg 4.83/5.00)
Text size:-
+
-

‘म यस्तो गीत गाउँछु २’ : पूजासँग रोमान्टिक बने पल (फोटोफिचर)

फिल्मीखबर, काठमाडौं, 2019/11/16
 
 
‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’ जस्तो यादगार फिल्म पस्किसकेका निर्देशक सुदर्शन थापाको हरेक फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा रहने गर्दछ । फिल्म ‘सम्हालिन्छ कहिले मन’ को छायांकनपछि गएको डेढ महिनादेखि उनी अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर फागुन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ को एक्सन-कटमा व्यस्त छन् ।  
 
यसबीच, निर्माण टिमले सात दिन लगाएर अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले तयार पारेको ‘तिम्रो घरको वरिपरी’ बोल गीत खिचेर भ्याएको छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा खिचिएको गीतमा पल र पूजा रोमान्टिक अवतारमा देखिएका छन् । जुन तस्विर फिल्मीखबरलाई प्राप्त भएको छ ।
 
 
 
गीतको भिडियोमा ५ सय कोरस प्रयोग गरिएको छ । सम्भवतः नेपाली फिल्मको गीतमा यो संख्यामा कोरस प्रयोग गरिएको पहिलो पटक हो । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । भने, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन छ । लभस्टोरी फिल्म बनाउन खप्पिस मानिने सुदर्शन थापाको फिल्ममा गीतलाई निकै सुन्दर ढंगले दृश्यांकन गर्ने गरिन्छ ।
 
यो गीतमा पनि कुनै सम्झौता नगरिएको निर्देशक थापाको दाबी छ । उनले गीतले मागेको लोकेशनमा भिडियो खिचिएको बताए । फिल्मको पहिलो प्रचार सामाग्री स्वरुप यो गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ । यो फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल हो ।
 
 
Most Visited News (monthly)