Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हाउसफुल ४’ ले पार गर्‍यो २ सय करोड

एजेन्सी, मुम्बई, 2019/11/17
 
बलिउडका ‘खेलाडी’ अक्षय कुमार स्टारर फिल्म ‘हाउसफुल ४’ सुपरहिट साबित भएको छ । २५ अक्टोबरबाट प्रदर्शनमा आएको फिल्मले आलोचनाको बाबजूद पनि राम्रो कमाई गरेको छ । बक्सअफिसमा फिल्मको कमाईको रफ्तार अझैसम्म पनि रोकिएको छैन । फरहाद सामजी द्वारा निर्देशित फिल्मले प्रदर्शनको तीन हप्तामा २ सय करोडको आँकडा पार परेको छ । 
 
कृति सेनन, रितेश देशमुख, कृति खरबन्दा, बबी देओल र पूजा हेगडेको पनि प्रमुख भूमिका रहेको फिल्मले प्रदर्शनको तीन हप्तामा २ सय ६ करोडको आँकडा छुन सफल भएको कोइमोइको दाबी छ । फिल्मले प्रदर्शनको पहिलो हप्तामा १ सय ३५ करोडभन्दा बढी कमाएको थियो । ‘हाउसफुल ४’ ले बक्सअफिसमा २ सय करोड छाप्नुमा ब्रान्ड नामलाई कारण मानिएको छ । 
 
तर, सोसल मिडियामा फिल्मको कमाईलाई झुट बताइएको छ । निर्मातामाथि फिल्मको बक्सअफिस आँकडा बढाएर पेश गरेको आरोप लागेको छ । तर, यस विषयमा निर्माण टिमले कुनै अभिव्यक्ति दिएको छैन । अभिनेता अक्षय कुमारले भने गलत आँकडा पेश गरेर फिल्मलाई सफल बनाउने प्रयास नगरिएको बताएका छन् । उनी फिल्मको कमाई सत्य रहेको बताउँछन् । 
 
चर्चित फिल्ममेकर साजिद नाडियाडवालाको नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्मित ‘हाउसफुल ४’ को सह-निर्माता फक्स स्टार स्टुडियो हो । यो फिल्मको निर्देशन पहिला साजिद खानले गरेका थिए । तर, ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि उनी फिल्मबाट बाहिरिए । ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि फिल्मबाट अभिनेता नाना पाटेकरले समेत हात धुनु परेको थियो । 
Most Visited News (monthly)