Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘चपली हाइट ३’ मुहुर्त, स्वस्तिमा किन कन्फ्यूज ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/19
७ वर्षअघिको अभिनेत्री विनिता बराल स्टारर सुपरहिट फिल्म ‘चपली हाइट’ को तेस्रो सिरिजको शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर फिल्मको मुहूर्त गरिएको हो । एक महिनाको सुटिङ सेड्युल राखिएको फिल्मको मंसिर ५ गतेबाट छायांकन सुरु हुँदैछ । 
 
महूर्त समारोहमा अभिनेत्री द्वय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, नव-अभिनेता द्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठसँगै निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्कालगायत उपस्थित थिए । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ ।
 
 
अभिनेत्री स्वस्तिमा खड्का फिल्मलाई लिएर उत्साहित भए पनि आफ्नो क्यारेक्टरलाई लिएर कन्फ्यूजनमा रहेको बताउँछिन् । ‘मैले यसअघि सस्पेन्स-थ्रिलर फिल्म गरेको थिइनँ । मेरो लागि यो नयाँ जनरा हो । यसले गर्दा पनि फिल्मलाई लिएर उत्साहित छु । तर, स्क्रिप्ट र मेरो क्यारेक्टरलाई लिएर कन्फ्यूजन भैरहेको छ । फ्लोरमा गएपछि ‘स्मुथ’ हुन्छ भन्ने विश्वास छ’, उनी सुनिइन् । 
 
‘चपली हाइट’ सिरिजका भरपर्दा कलाकार आमिर गौतमले पुनः आफूलाई दर्शकमाझ चिनाएको सिरिजमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । ‘चपली हाइट ३’ को स्क्रिप्ट एकदमै राम्रो रहेको उनको दाबी छ । त्यस्तै, अभिनेत्री सुपुष्पा ब्रान्ड बनिसकेको सिरिजमा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर रहेको बताउँछिन् । फिल्मको स्क्रिप्टले आफूलाई तानेको उनको भनाई छ । 
 
फिल्ममा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । चैतमा प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् । 
 
तस्विर : मिलन ढुंगाना
Most Visited News (monthly)