Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जर्सी’ रिमेकमा शाहिदको जोडी मृणाल

एजेन्सी, मुम्बई, 2019/11/19
 
‘सुपर ३०’ र ‘बाटला हाउस’ मा जीवन्त अभिनय गरेकी अभिनेत्री मृणाल ठाकुरले अब बलिउड सुपरस्टार शाहिद कपूरको अपोजिटमा अभिनय गर्ने भएकी छन् । साउथको सुपरहिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा उनको जोडी शाहिदसँग बाँधिएको छ । गौतम तिन्नानुरीले यो फिल्मको निर्देशन गर्दैछन् । उनी ओरिजनल ‘जर्सी’ का पनि निर्देशन हुन् । 
 
फिल्ममा शाहिदसँग स्क्रिन साझेदारी गर्ने बारेमा मृणालले भनेकी छन्, ‘शाहिदको अपोजिटमा अभिनय गर्ने अवसर पाएकोमा एकदमै खुसी छु । जब मैले ओरिजनल ‘जर्सी’ हेरेको थिएँ तब निकै इमोसनल भएको थिएँ । यस्तो लागेको थियो कि त्यो दुई घण्टामा मैले अनुभवको एउटा पूरा जीवन बाँचेँ । ममाथि फिल्मको निकै गहिरो प्रभाव परेको छ ।’
 
यो फिल्म आफ्नो दिल-दिमागबाट अझैसम्म पनि हट्न नसकेको उनको कथन छ । ‘जर्सी’ आफूले दुई पटक हेरिसकेको बताउने उनी यसको हिन्दी रिमेक पनि राम्रो बन्नेमा विश्वस्त छिन् । फिल्ममा उनले अभिनेता शाहिद कपुरको प्रेमिका र श्रीमतीको भूमिका निभाउनेछिन् । ‘जर्सी’ एक स्पोर्ट्स ड्रामा फिल्म हो, जसमा शाहिद क्रिकेटरको भूमिकामा देखिँदैछन् । 
 
ओरिजनल ‘जर्सी’ मा साउथ एक्टर नानी प्रमुख भूमिकामा थिए । यो फिल्म दर्शक र क्रिटिक्सले निकै रुचाएका थिए । यसअघि शाहिद साउथ स्टार विजय देवरकोन्डाको फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ मा देखिएका थिए । यसले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो । त्यस्तै, मृणाल पछिल्लो पटक फिल्म ‘बाटला हाउस’ मा देखिएकी थिइन् । 
Most Visited News (monthly)