Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9211 - 9216 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-10-03, बिहिवार
फिल्म रिलिजका लागि दशैंको विदा उपयुक्त मानिन्छ । फिल्म कमजोर नै भए पनि दशैं विदामा लगानी उठाउन गाह्रो हुँदैन । त्यसैले वर्षौदेखि नेपाली मेकरबीच दशैंमा फिल्म रिलिज गर्न ठूलो रस्साकस्सी हुने गरेको छ । यो अवस्था अर्को वर्ष पनि हुने देखिएको छ । यस वर्षको दशैंले भर्खर घर आँगनीमा पाइला टेकेको अवस्थामा निर्मातहरु भने अर्को वर्षको दशैंलाई भकाभक फिल्मको प्रदर्शन मिति घोषणा गर्न व्यस्त छन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-10-02, बुधवार

अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘पोइ पर्‍यो काले’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दशैंको शुभकामनासहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ । कालो वर्णको एक युवकको जीवनमा आउने उचार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । फिल्म आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-10-02, बुधवार

यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘काले दाई’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर छ । इन्द्र रामजालीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका अभिनेता इन्द्र रामजाली र अभिनेत्री अनु पराजुली रोमान्टिक अवतारमा प्रस्तुत छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-10-02, बुधवार

नेपालीहरुको महान् चाड दशैं सुरु भइसकेको छ । मीठो मसिनो खाने, राम्रो लगाउने र रमाइलो गर्ने चाडको प्रारम्भ घटस्थापनादेखि भए पनि विशेष रूपमा फूलपातिदेखि मनाउने गरिन्छ । यो भ्रातृत्व, स्नेह, मिलन, आपसी सद्भाव र खुसी बाँड्ने पर्व पनि हो । यस चाडमा कामको खोजीमा, अध्ययनका लागि विदेश गएका र स्वदेशमै भएर पनि घरबाट टाढा रहेका नेपालीहरु धमाधम घर-गाउँ फर्किरहेका छन् । 

एजेन्सी, मुम्बई, 2019-10-02, बुधवार

साउथको ब्लकबस्टर फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिका निर्वाहा गरेपछि चर्चामा आएका अभिनेता राणा दग्गुबाती पछिल्लो केही महिनायता आफ्नो स्वास्थ्यलाई लिएर चर्चामा छन् । केही समय अगाडि उनी र उनको परिवार परिवार किड्नी ट्रान्सप्लान्ट सर्जरीका लागि अमेरिका गएको खबर बाहिर आएको थियो । तर, यो अफवाहको उनले खण्डन गरेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-10-02, बुधवार

कुनै जमाना नेपाली फिल्ममा बलियो साम्राज्य स्थापित गरेका अभिनेता हुन्, विराज भट्ट । अभिनेता निखिल उप्रेतीको एकछत्र राज चलेको बखत उनको उदय भएको थियो । उनको प्रवेश निखिललाई निकै भारी परेको थियो । एक्सन विधाकै फिल्म गर्ने भएका कारण दुईलाई एक समय एकअर्काका कडा प्रतिस्पर्धी पनि भन्ने गरिन्थ्यो । एकसेएक हिट फिल्म दिएर आफूलाई नेपाली फिल्मको ‘ठूलो स्टार’ साबित गरेका विराजको दशक अगाडि उग्र क्रेज थियो । 

Results : 9211 - 9216 of 24024
Most Visited News (monthly)