Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन छैन श्वेताको पर्दामा फर्किने सुरसार ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/09
 
फिल्म ‘कहाँ भेटिएला’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री श्वेता खड्काले पाँच वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कोहिनूर’ रिलिजको पूर्व सन्ध्यामा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिइन् । तर, विवाह बन्धनमा बाँधिएको एक महिनामा नै दर्शकका प्रिय अभिनेता श्रीकृष्णले संसार त्यागे । श्रीमानको शोकमा अभिनेत्री श्वेता झण्डै डेढ वर्ष आँशुमा डुबिन् ।
 
यो अवधिमा कमैले उनी फेरि फिल्ममा फर्किने अपेक्षा गरेका थिए । तर, उनले शोकलाई शक्तिमा बदल्दै फिल्म ‘कान्छी’ मार्फत् अभिनयमा कमब्याक गरिन् । फिल्मले खासै राम्रो प्रतिक्रिया बटुल्न नसके पनि बक्सअफिसमा भने नाफाको व्यापार गरेको थियो । तर, यो फिल्मपछि उनलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । न त उनले कुनै नयाँ फिल्ममा काम नै गरेकी छन् । 
 
गएको बैशाखमा उनी ‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहोराको फिल्म ‘हेल्लो जिन्दगी’ मा अनुबन्ध भएकी थिइन् । यो फिल्मको छायांकनका लागि उनी लन्डन समेत पुगेकी थिइन् । तर, सुटिङ नहुँदै गर्धनमा दुखाई महशुस भएपछि श्वेताले डाक्टरलाई देखाउँदा ट्युमर पलाएको देखिएपछि उनले भारत पुगेर शल्यक्रिया गरिन् । जसका कारण उनले फिल्मबाट हात झिक्नुपर्‍यो । 
 
स्वास्थ्यका कारण उनले ‘हेल्लो जिन्दगी’ मा काम गर्न नसकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेत्री प्रियंका कार्कीलाई अनुबन्ध गरेको थियो । अहिले श्वेता पूर्ण रुपमा निको भैसकेकी छन् । हालै उनी जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ र अमेरिकामा अयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी भइन् । तर, पर्दामा फर्किने भने कुनै सुरसार छैन । दर्शकले कहिलेसम्म प्रतिक्षामा गर्नुपर्ने हो, श्वेताज्यू ?
Most Visited News (monthly)