Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9217 - 9222 of 23756
फिल्मीखबर, काठमाण्डौ, 2019-08-07, बुधवार

जस्तोसुकै भूमिकामा आफूलाई जीवन्त रुपमा उतार्न सफल अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनी भाद्र ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । यो उनको करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-07, बुधवार

भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले फिल्म बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ । एक्सनले भरिएको २ मिनेट १ सेकेण्ड छोटो ट्रेलर इन्गेजिङ छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-07, बुधवार

वरुण धवन बलिउडका सफल अभिनेता मध्येका एक हुन् । उनको यस वर्ष प्रदर्शनमा आएको फिल्म 'कलंक' बक्सअफिसमा नराम्रोसँग पिटिएको थियो, तर वरुणको चार्म र स्टारडममा कुनै कमी आएको छैन । उनको अर्को वर्ष ‘स्ट्रीट डान्सर थ्रीडी’ रिलिज हुँदैछ । यसमा उनी अभिनेत्री द्वय श्रद्धा कपूर र नोरा फतेहीसँग देखिनेछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-07, बुधवार

नेपाली फिल्म क्षेत्रमा केकी अधिकारी बौद्धिक अभिनेत्रीको रुपमा चिनिएकी छन् । उनको सुन्दरता, बौद्धिकता र अभिनय कलालाई दर्शकले निकै मन पराउँछन् । म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी उनले छोटो समयमा नै नेपाली फिल्ममा आफूलाई स्थापित गर्न सफल भइन् । जीवन्त अभिनयको माध्यमबाट दर्शकको मनमा विराजमान भइन् । तर, उनले आफ्नो साख जोगाउन सकिनन् । 

फिल्मीखबर, काठमाडौं, 2019-08-06, मंगलवार

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ लाई चितवनबासीले मन पराएका छन् । लक्की मिडिया हाउसले सोमबार चितवनमा आयोजना गरेको विशेष प्रदर्शनीमा दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । अधिकांशले ‘साइनो’ लाई अर्गानिक फिल्म भन्दै प्रशंसा गरेको जानकारी प्राप्त छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-06, मंगलवार

गुपचुप रुपमा छायांकन सकिएको फिल्म ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलनचल्तीको भन्दा यो फिल्मको पोस्टर केही पृथक छ । फिल्मले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ । यो फिल्मका निर्देशक विक्रम सापकोटा हुन् । निर्माण टिमले फस्टलुक पोस्टरमा प्रदर्शन मिति भने राखेको छैन ।

Results : 9217 - 9222 of 23756
Most Visited News (monthly)