Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9229 - 9234 of 23756
फिल्मीखबर, काठमाण्डौ, 2019-08-05, सोमवार

नेपालमा घरजम जोडेपछि अभिनेत्रीको करिअर सकिन्छ भन्ने मानसिकता छ । अपवादबाहेक प्रायः अभिनेत्रीहरुको हकमा यो लागू भएको पनि छ । विवाहपछि फिल्म नपाएर धेरै पलायन भइसके । केही जेनतेन टिकिरहेका छन् । कसैको भने विवाहपछि भाग्य चम्किएको छ । यसको एक उदाहरण हुन्, अभिनेत्री स्वस्तिमा खड्का । सिउँदोमा सिन्दूर भरेपछि अभिनेत्रीको करिअर लथालिङ्ग हुन्छ भन्ने मान्यतालाई उनले तोड्न सफल भइन्, जुन धेरैका लागि प्रेरणादायक छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-05, सोमवार
केही समययता बलिउडमा साउथ फिल्मको हिन्दी रिमेकको दौड चलेको छ । साउथका सफल फिल्मको हिन्दी रिमेकले राम्रो व्यापार गरिरहेका कारण पनि फिल्ममेकर्स यसतर्फ बढी आकर्षित भएका छन् । यसबीच, आर माधवनको ब्लकबस्टर फिल्म ‘विक्रम वेधा’ को पनि हिन्दी रिमेक निर्माण हुने भएको छ ।
फिल्मीखबर, काठमाडौं, 2019-08-04, आईतवार

मनसुन क्रमिकरुपमा निस्क्रिय भइरहेको अवस्थामा फिल्मको घोषणा धमाधम भइरहेका छन् । यसबीच, आइतबार राजधानीमा एक कार्यक्रमका बीच मिलन डि. काप्रीको निर्देशनमा बन्न लागेको फिल्म ‘षट्कोण’ को औपचारिक निर्माण घोषणा गरिएको छ । भदौ १८ गतेबाट फ्लोरमा जाने फिल्म मनोवैज्ञानिक रहस्यमा आधारित हुने बताइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-04, आईतवार

एक्सन अभिनेताको रुपमा आफ्नो परिचय बनाएका विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मलाई वितरक कम्पनी काफिया फिल्मस् र एफडीले छठको अघिल्लो दिन अर्थात् कात्तिक १५ गतेको डेट दिएको छ । विराज उक्त मितिमा फिल्म प्रदर्शन गर्न राजी भएका छन् । प्रदर्शन मितिसहित चाँडै फिल्मको पोस्टर फ्याकिँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-04, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2019-08-04, आईतवार

भर्सटायल अभिनेता विपिन कार्कीले गत वर्षको हिट फिल्म ‘प्रसाद’ टिमसँग दोस्रो पटक सहकार्य गरेका छन् । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने फिल्म ‘सेल्फी किङ’ मा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले गर्नेछन् । उनी फिल्म ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाका सहोदर भाई हुन् ।

Results : 9229 - 9234 of 23756
Most Visited News (monthly)