Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिन्दुरले रंगिएको ऋचाको सिउँदो

फिल्मीखबर, काठमाण्डौ, 2019/12/10
 
सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘फस्ट लभ’ बाट अभिनय करिअर सुरु गरेकी भर्सटायल अभिनेत्री ऋचा शर्माले शनिबार दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । गएको बैशाखमा ऋचा प्रेममा रहेको खुलेको थियो । तर, उनी लामो समय यसबारेमा बोलिनन् । 
 
 
ऋचा प्रेमी दिपेक्षलाई श्रीमानको रुपमा पाउँदा खुसी छिन् । घर परिवारबाट वर्षौदेखि विवाहका लागि दबाब खेप्दै आएकी उनले अब जिन्दगीको नयाँ अध्याय सुरु गरेकी छन् । दुलहीको भेषमा उनले शनिबार श्रीमानको हात समातेको तस्विर फेसबुकमा साझेदार गर्दै आफ्ना शुभचिन्तकलाई जिन्दगीको अर्को सुनौलो प्रहरमा पनि माया तथा आर्शिवाद दिन आग्रह गरेकी थिइन् । 
 
हरेक युवतीका लागि दुलही हुँदाको क्षण सबैभन्दा अविस्मरणीय हुन्छ । त्यो ऋचालाई हेर्दा पनि महशुस गर्न सकिन्छ । उनले दुलहीको भेषमा सजिएको तस्विर दिनहुँ सामाजिक सञ्जालमा साझेदार गरिरहेकी छन् । मंगलबार उनले ‘सेलिब्रेटिङ ह्याप्पीनेश’ भन्दै भुईंसम्म घिस्रिएको रातो लेहंगामा सजिएको तस्विर सार्वजनिक गरेकी छन् । जसमा उनको सिउँदो सिन्दुरले रंगिएको छ ।
 
 
अब, उनी करीब एक महिना पारिवारिक भेटघाट र घुमघाममा व्यस्त रहने जानकारी प्राप्त छ । बैबाहिक जीवनमा बाँधिनुभन्दा केही दिन अगाडि मात्र फिल्म ‘हिजो आजका कुरा’ को छायांकन सकेकी उनी अहिले टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छन् । यसमा उनी निर्णायकको भूमिकामा छिन् । आउँदो बिहीबार ऋचा र दिपेक्षले भब्य रिसेप्सन पार्टी दिँदैछन् । 
Most Visited News (monthly)