
केही दिन अगाडि निर्र्देशक लभ रञ्जनले अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर कपूरसँग भेट गरेका थिए । यसपछि लभको फिल्ममा दीपिकाले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो । निर्देशक रञ्जनसँग दीपिकाले काम गर्र्न लागेको चर्चा भएपछि ट्विटरमा #NotMyDeepika ट्रेन्ड गर्न लागेको छ । प्रशंसकले उनलाई मिटू आरोपी लभ रञ्जनसँग काम नगर्न अपिल गरेका छन् ।

नेपालमा कलाकार र निर्देशकको सम्बन्ध खासै सुमधुर भएको पाइँदैन । प्रायः पहिलो टिमअप नै अन्तिम हुने गरेका छन् । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापा एक उदाहरण हुन् । एकाध होलान्, जसले दोहोर्याएर काम गरेका हुन् । नभए, पहिलो फिल्मबाटै सम्बन्ध वारपार हुन्छन् । जीवनमा कहिल्यै दोहोर्याएर काम नगर्ने प्रण गर्छन् । तर, नेपाली फिल्ममा केही यस्ता जोडी पनि छन्, जसको सहकार्य झन्-झन् बलियो हुँदै गएको छ ।

फिल्म ‘लुट’ रिलिज हुनुभन्दा अगाडि नेपाली फिल्मको अवस्था निकै नाजुक थियो । चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा ‘संकटकाल’ घोषणा गर्ने तयारी गरेको थियो । तर, निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘लुट’ ले ‘संकटकाल’ को अवस्थालाई मात्र चिरेन, नेपाली फिल्ममा कथावाचन शैलीलाई परिवर्तन पनि गर्यो । त्यसअघि दुई/चारवटा एक्सन र रोनाधोनका दृश्यले फिल्म धानिएका थिए ।

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ ले नेपाली फिल्मको रिलिज क्यालेन्डर नराम्रोसँग बिथोलेको छ । पहिला यो फिल्म साउन ३० मा आउने निश्चित भएको थियो । यसको डरले ‘नाईं नभन्नू ल’ फेम्ड निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को रिलिज एक हप्ता पछाडि सर्यो । तर, विविध कारणले ‘साहो’ दुई हप्तापछि आउने भएपछि निर्देशक आचार्य पुनः पुरानै मितिमा फर्किए ।

पारिवारिक फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपाल निर्देशित छैटौं फिल्म ‘मारुनी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने फिल्मको ट्रेलर कलरफुल छ । अभिनेत्री साम्राज्ञी आरएल शाहले अभिनेता पुष्प खड्कालाई पागल जसरी एकोहोरो प्रेम गरिरहेकी छिन् । तर, पुष्प अर्की अभिनेत्री रेविका गुरुङको प्रेममा छन् ।


