Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अक्षयसँग भिडन्तबारे सलमान भन्छन्, ‘कसैलाई नोक्सान हुँदैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/13
 
बलिउड सुपरस्टार सलमान खानको चुलबुल अवतार एकपटक फेरि २० डिसेम्बरमा दर्शकले हेर्न पाउँदैछन् । अहिले फिल्म ‘दबंग ३’ को प्रमोसनमा सलमानसहित हरेक एक कलाकार व्यस्त छन् । फिल्मको हिट भैरहेको गीतबारे निर्माता अरबाज खानले सलमानलाई मध्यरातमा ‘मुन्ना बदनाम हुआ’ को गीत फुरेको बताएका छन् । फिल्मका निर्देशक प्रभु देवा हुन् ।
 
अर्को वर्षको इदमा सलमान खानको ‘राधे’ र अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ बक्सअफिसमा भिड्दैछन् । यो भिडन्तबाट एग्जीबिटर्स निकै तनावमा थिए तर उनीहरुको तनावलाई सलमानले कम गर्ने कोशिश गरेका छन् । दैनिक भास्करसँग कुराकानी गर्दै सलमानले भनेका छन्, ‘एग्जीबिटर्सले डराउनु पर्दैन । फेस्टिवलमा तीन चारवटा फिल्म आउनु नराम्रो होइन ।’
 
‘फेस्टिवल रिलिजको समयमा अरु पनि दर्शक हलमा आउँछन् । एकभन्दा बढी फिल्म रिलिज हुँदा दर्शकले छान्ने मौका पनि पाउँछन् । फेस्टिवलमा रिलिज हुने फिल्मलाई नोक्सान हुँदैन,’ उनले भने । सलमानको यो भनाईले एग्जीबिटर्स-डिस्ट्रीब्यूटर्सको समुहमा खुसीको लहर छाएको छ । उनी अब कसैको अगाडि फिल्म रिलिजलाई लिएर धर्मसंकटको अवस्था नहुने बताउँछन् । 
 
एकै दिनमा दुई ठूला फिल्म रिलिज हुनुलाई अपर्च्युनिटीको रुपमा लिनु पर्ने डिस्ट्रीब्यूटर अक्षय राठीको भनाई छ । सलमानको ‘राधे’ लाई दबंग ३’ फेम्ड निर्देशक प्रभु देवाले नै निर्देशन गर्दैछन् । अहिले फिल्मको छायांकन भैरहेको छ । यसमा सलमानको जोडी दिशा पाटनीसँग बाँधिएको छ । त्यस्तै, ‘लक्ष्मी बम्ब’ मा अभिनेता अक्षय महिलाको अवतारमा प्रस्तुत हुँदैछन् ।
Most Visited News (monthly)