Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यो वर्ष किन टर्‍यो प्रियंकाको बिहे ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/14
 
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी एकअर्काको प्रेममा रमाउन थालेको तीन वर्ष हुनलाग्यो । उनीहरु प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागिपरेको पनि एक वर्ष बढी भैसक्यो । तर, दुई पटक इन्गेजमेन्ट भैसक्दा पनि विवाहको मिति जुर्न सकेको छैन । यो जोडी यस वर्षको असार नकटाउने तरखरमा थिए । तर, विभिन्न कारणले सम्भव हुन सकेन ।
 
प्रियंका र आयुष्मानको इन्गेजमेन्ट हुँदा अभिनेत्री ऋचा शर्माको विवाहको कुनै सुरसार नै थिएन । तर, उनले गुपचुप रुपमा इन्गेजमेन्ट र तामझामका साथ विवाह गरेर भव्य रिसेप्सन पार्टी समेत दिइसकिन् । उनको विवाह र पार्टी दुबैको साक्षी बनेकी अभिनेत्री प्रियंकाको भने अहिलेसम्म विवाहको मिति जुर्न सकेको छैन । उनले यो वर्ष आफूहरुको विवाह नहुने बताएकी छन् ।
 
ऋचाको रिसेप्सन पार्टीमा चिसिँदो काठमाडौंको मौसमलाई चुनौती दिँदै खरानी रंगको साडी र घाँटीतर्फको भाग धेरै खुलेको ब्लाउजमा पुगेकी उनले आफ्नो विवाहको बारेमा पनि मुख खोलिन् । उनले भनिन्, ‘यो वर्ष नै विवाह गर्ने तयारी थियो । तर, हामी दुबैतर्फको आफन्तहरुको समय नमिलेका कारण हुन सकेन । एकपटक सरेपछि दोस्रो साइत जुराउन गाह्रो भएको छ ।’
 
 
उनले अब अर्को वर्ष मात्र विवाह हुने बताइन् । ऋचाको रिसेप्सन पार्टीमा प्रियंका आमाको साथमा पुगेकी थिइन् । तर, आयुष्मान भने उपस्थित थिएनन् । दुईलाई पार्टीमा एकसाथ नदेख्दा उनीहरुको सम्बन्धमा दरार आएको हुनसक्ने अड्कल काटिएको छ । तामझामका साथ दुईपटक इन्गेजमेन्ट भैसके पनि विवाह हुन नसक्दा अब उनीहरुको विवाह हुनेमा धेरैको शंका छ ।
Most Visited News (monthly)