Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्को वर्ष बिहे गर्ने तयारीमा मलिना

फिल्मीखबर, काठमाण्डौ, 2019/12/13
 
विवाहका लागि उपयुक्त मानिने मंसिर महिनामा धेरै सम्बन्धहरु जोडिन्छन् । तर, यो वर्षका लागि मंसिर महिनाले बिदा माग्न अब धेरै दिन बाँकी छैन । त्यसैले प्रेम सम्बन्धमा रहेका जोडीहरु अहिले लगनगाँठो कस्न व्यस्त छन् । अभिनेत्री ऋचा शर्माले पनि दुई वर्ष लामो सम्बन्धलाई मंसिरमै विवाहमै परिणत गर्ने निर्णय लिइन् । शनिबार उनले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । 
 
पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी पनि यसै वर्षको मंसिरमा विवाह गर्ने चर्चा थियो । तर, उनको यो वर्ष विवाह हुने सम्भावना टरेको छ । बिहीबार ऋचाको रिसेप्सन पार्टीमा पुगेकी उनले आफुलाई जाडो महिना मन नपर्ने भएकाले मंसिरमा विवाह नगरेको बताइन् । अभिनेता अनुप विक्रम शाहीसँग ब्रेकअप भएपछि अहिले उनी सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छिन् । 
 
विवाह कहिले गर्ने तयारी छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘मलाई जाडो मन पर्दैन । त्यसैले जाडो महिनामा बिहे नगर्ने निर्णय लिएको हुँ । अहिले मलाई धेरैले विवाह कहिले गर्छौं भनेर सोधिरहेका छन् । सम्भवतः यो वर्ष हुँदैन । अर्को वर्षको बैशाख र जेठभित्र हुनसक्छ । तर, अहिले नै कुनै निश्चित भने भैसकेको छैन ।’ तर, आफू विवाहको तयारीमा भने रहेको उनले बताइन् । 
 
सन् २०११ मा मिस नेपाल बनेकी मलिनाले फिल्म ‘ऋतु’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । तर, उनको फिल्मी करिअर खासै सुखद हुन सकेको छैन । उनी अभिनीत सबै फिल्म बक्सअफिसमा नराम्रोसँग चिप्लिएका छन् । फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने उनी प्रेमी सुशान्तसँग रमाएका तस्विरहरु सामाजिक सञ्जालमा प्रायः दैनिक पोस्ट्याउने गर्दछिन् ।
Most Visited News (monthly)