Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चालबाज’ मा पुष्पले गरे अविनाशलाई रिप्लेस

फिल्मीखबर, काठमाण्डौ, 2019/12/13
 
समीक्षात्मक रुपमा सफल फिल्म ‘मारुनी’ पछि अहिलेका चल्तीका अभिनेतामध्ये एक पुष्प खड्काले नयाँ फिल्म साइन गरेका थिएनन् । हालै यो फिल्मको जापान प्रदर्शन सकेर नेपाल फर्किएका उनले शुक्रबार ‘चालबाज’ नामक नयाँ फिल्म साइन गरेका छन् । अविनाश प्रधानले आफ्नो घरायसी कामका कारण फिल्म गर्न नसक्ने भएपछि उनको ठाउँमा पुष्पको प्रवेश भएको हो । 
 
फिल्म रोज्नुको कारण स्क्रिप्ट हो या पैसा ? भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने- ‘स्क्रिप्ट र पैसा दुबै राम्रो पाएँ । खासमा मेरो भूमिका केही भिन्न लागेर काम गर्न तयार भएको हुँ । दर्शकलाई फिल्मले निराश बनाउँदैन भन्ने विश्वास छ ।’ हाल छायांकन भैरहेको फिल्ममा पुष्पको जोडी अभिनेत्री केकी अधिकारीसँग बाँधिनेछ । दुईले यसअघि केही भिडियोमा सँगै काम गरेका थिए । 
 
कमेडी कथामा बन्न लागेको फिल्मलाई लिएर उत्साहित रहेको बताउने पुष्प आफ्नो भूमिका चुनौतीपूर्ण रहेको बताउँछन् । उनी भन्छन्, ‘फिल्म पुरै दार्जिलिङ टोनमा बन्न लागेको हो । मैले पनि दार्जिलिङ टोनमै संवाद बोल्नुपर्ने भएकाले उत्साह र डर दुबै छ । यद्यपि, आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाह गर्ने प्रयत्न भने गर्नेछु ।’ उनले पहिलो पटक कमेडी फिल्म गर्न लागेका हुन् ।
 
अभिनेता पुष्प २-३ दिनमा फिल्मको छायांकनका लागि दार्जिलिङ प्रस्थान गर्ने तयारीमा छन् । अरुण तामाङको लगानी र कैलाश राइको निर्देशनमा बनिरहेको फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि फिल्ममा अभिनय रहनेछ ।
Most Visited News (monthly)