Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘१२ सत्ताइस’ गीतमा गिरिशको र्‍याप (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/12/15
 
मंसिर २७ गतेबाट पोस्टपोन्ड भएर माघ ३ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘१२ सत्ताइस’ को शिर्ष गीत सार्वजनिक भएको छ । दीपक आरजेको स्वर तथा संगीत रहेको गीतमा चर्चित र्‍यापर गिरिश खतिवडाको र्‍याप छ । प्रकाश मल्लले गीत लेखेका हुन् । दीपक र गिरिशसँगै गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सबै फिचर्ड छन् । 
 
‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा फिल्म आधारित छ । फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । भने, कथा पनि उनी स्वयंले लेखेका हुन् । फिल्ममा अभिषेक नेपाल, समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाललगायतका कलाकारहरुको अभिनय छ ।
 
ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानीमा बनेको फिल्मको सह-निर्माता गौतम शाह हुन् । फिल्ममा दीपक आरजेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । फिल्म ‘१२ सत्ताइस’ उत्कृष्ट बनेको निर्देशक योञ्जनको दाबी छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)