Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्रीको समवेदना

फिल्मीखबर, काठमाण्डौ, 2019/12/16
 
नेपाली फिल्मका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटर ह्यान्डलमार्फत् दुई कलाकारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने बताएका छन् । 
 
उनले आफ्नो व्यक्तिगत ट्वीटरमा लेखेका छन्, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जली ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
अभिनयमा पारंगत मानिने कलाकार दीपक क्षेत्री शनिबार आफ्नै निवासमा सुतेरै ठाउँमा मृत अवस्थामा भेटिएका थिए । भने, चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता केशव भट्टराईको आइतबार राती करिब १०ः३० बजे हृदयघातका कारण निधन भएको हो । 
 
नेपाली फिल्मका दुई प्रतिभाशाली कलाकारको निधन हुँदा नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको छ । कलाकारद्वय दीपक क्षेत्री र केशव भट्टराईको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अहिले कलाकारद्वय भट्टराई  र क्षेत्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि विकास बोर्डमा राखिएको छ ।
Most Visited News (monthly)