Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘शुभ मंगल’ मा कुशल र सुरवीनाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/12/16
 
प्रेमकथामा आधारित भएर फिल्म ‘शुभ मंगल’ निर्माण हुने भएको छ । अष्ट्रेलिया निवासी मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मालगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्ममा कुशल र सुरवीनाको जोडी बाँधिएको छ । सुरवीनाले लामो समयपछि नेपाली फिल्ममा काम गर्न लागेकी हुन् ।
 
फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुने बताइएको छ । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम र सम्बन्धलगायतका विविध विषयमा फिल्म निर्माण हुन लागेको निर्देशक अधिकारीले जानकारी दिए । फिल्मको केही समयपछि घोषणा गर्ने तयारीमा निर्माण टिमको छ । अहिले फिल्मको स्क्रिप्टलाई फाइनल गर्ने काम भैरहेको निर्देशक अधिकारीले बताए । 
 
फिल्म ‘शुभ मंगल’ को कथा निर्देशक अधिकारी स्वयंकै रहेको छ । फिल्मको छायांकन जाडो महिना सकिएपछि हुने बताइएको छ । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य भैरहेको निर्देशक अधिकारीले बताए । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने उनी बताउँछन् । 
Most Visited News (monthly)