Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेपछि वर्षालाई फिल्म अफर हुन छाडेको हो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/15
 
आउँदो फागुन २ गते अभिनेत्री वर्षा राउत बैबाहिक जीवनमा बाँधिएको एक वर्ष पूरा हुँदैछ । अभिनेता संजोग कोइरालासँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । विवाहपछि प्रायः अभिनेत्रीहरु काँचको पर्दाबाट टाढा हुन्छन् । वर्षा भने अहिले पनि फिल्ममै सक्रिय छिन् । विवाहपछि उनी अभिनीत दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ रिलिज भए । 
 
प्रायः हुलमुलका फिल्ममा काम गरिरहेकी वर्षाले ‘जात्रै जात्रा’ पछि नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन । म्यूजिक भिडियो भने बाक्लै गरिरहेकी छन् । शनिबार आफ्नो जन्मदिन मनाएकी उनलाई विवाहपछि फिल्मबाट अफर हुन छाडेको भन्दै अहिले टिका-टिप्पणी भैरहेको छ । उनी तत्काल कुनै फिल्ममा आबद्ध नहुनुले यसलाई केही हदसम्म मलजल भने गरेको छ । 
 
कतिपयले उनलाई फिल्म अफर नहुनुमा विवाहलाई कारण मानेका छन् । त्यसैले अहिले सञ्चारमाध्यममा उनलाई विवाह नफापेको भन्दै लगातार गसिप बनिरहेका छन् । तर, वर्षाले विवाह नफापेको विषयमा भैरहेको टिका-टिप्पणीलाई लिएर आफ्नो जवाफ फर्काएकी छन् । शनिबार आफ्नो जन्मदिन मनाउने क्रममा एक अन्तर्वार्तामा उनले आफू फिल्म छनोटमा चुजी भएको बताइन् । 
 
उनले भनिन्, ‘जुन अफर आयो त्यही फिल्म गर्न थाल्ने हो भने अहिले जस-जसले मलाई विवाहपछि फिल्म अफर आउन छाड्यो भन्नुभएको छ उहाँहरुले नै आलोचना गर्न थाल्नुहुन्छ । विस्तारै विस्तारै अहिले मेरो फिल्ममा वर्क हुँदैछ । सायद धेरैलाई यो कुरा थाहा छैन । त्यसैले वर्षालाई विवाहपछि फिल्म अफर हुन छाड्यो भन्ने गरेका छन् ।’ यसको जवाफ समयले दिने उनी बताउँछिन् । 
Most Visited News (monthly)