
ह्योल्मो भाषामा निर्माण भएको फिल्म ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्य समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको फिल्मको ट्रेलर आकर्षक छ । नेपाली भाषाको फिल्मभन्दा कम तामझाम देखिन्न । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।


स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथि फिल्म बन्ने भएको छ । हाल यस फिल्मको बेलायतमा छायांकन भइरहेको छ । फिल्मको छायांकन २६ जुलाईबाट सुरु भएको हो । साहित्यकार सनमकुमार बैरागले फिल्मको क्याप्टेनसिप सम्हालेका छन् । यो उनको डेब्यू निर्देशन हो । फिल्मको पटकथा, संवाद र गीत पनि उनी स्वयंले तयार पारेका हुन् ।

चकलेटी ब्वाई आर्यन सिग्देलको रोमान्टिक-कमेडी फिल्म ‘च च हुई’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक दुई पोस्टरमा अभिनेत्री मिरुना मगरप्रति आर्यनकोे प्रेम दर्शाइएको छ । मिरुनालाई लजालु युवतीको रुपमा चित्रण गरिएको छ । आर्यन र मिरुनासँगै कलाकार द्वय भोलाराज सापकोटा र माओत्से गुरुङ पनि पोस्टरमा फिचर्ड छन् ।

भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ टिम प्रचारलाई चुस्त बनाउन मोफसल यात्रामा निस्किएको छ । नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखरामा शुक्रबार दिनभरी नै फिल्मको टिमले प्रचार-प्रसारका विभिन्न कार्यक्रम गर्यो । मोफसल यात्रामा फिल्मकी लिड अभिनेत्री नम्रता श्रेष्ठ, नकारात्मक भूमिकामा रहेका अभिनेता प्रमोद अग्रहरी, नव अभिनेत्री सुजिता श्रेष्ठ, कलाकार सम्राट मगरलगायत छन् ।

गत वर्षको सबैभन्दा हिट फिल्ममध्ये एक ‘बधाई हो’ ले हालै घोषित राष्ट्रीय फिल्म पुरस्कार २०१९ मा ‘बेस्ट पपुलर फिल्म प्रोभाइडिङ व्होलसम इन्टरटेन्मेन्ट’ को ट्रफी आफ्नो नाम गर्यो । यो फिल्ममा प्रमुख भूमिकामा आयुष्मान खुराना, सान्या मल्होत्रा, नीना गुप्ता, गजराज राव र सुरेखा सीकरीले काम गरेका थिए । फिल्मका लागि सुरेखा सीकरीलाई पनि सर्वश्रेष्ठ सहायक अभिनेता (महिला) को राष्ट्रीय पुरस्कार मिलेको छ ।

