Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जय शिव शंकर’ निर्माता पोखरेललाई मातृशोक

फिल्मीखबर, काठमाण्डौ, 2019/12/17
 
फिल्म निर्माता तथा वितरक सुशील पोखरेललाई मातृशोक परेको छ । निर्माता पोखरेलकी आमा भीमकुमारी पोखरेलको मंगलबार बिहान ९ बजे ७२ वर्षको उमेरमा निधन भएको हो । मंगलबार बिहान १० बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न फिल्मकर्मीहरु आर्यघाट पुगेका थिए । 
 
आफन्त र फिल्मकर्मीले श्रद्धाञ्जली दिएपछि उनको अन्त्येष्टि गरिएको थियो । निर्माता पोखरेलकी आमा लामो समयदेखि विरामी थिइन् । चलचित्र निर्माता समाजका कोषाध्यक्ष र फिल्म वितरक कम्पनी एफडीका म्यानेजिङ डाइरेक्टर समेत रहेका निर्माता सुशील पोखरेल लामो समयदेखि फिल्म निर्माणमा सक्रिय छन् । पछिल्लो पटक उनले ‘यात्रा’ नामक फिल्म बनाएका थिए ।
 
‘यात्रा’ सँगै ‘लभ सब’, ‘राधे’, ‘जीवनदाता’, ‘परदेशी’, ‘मैदान’, ‘जय शिव शंकर’ लगायतका फिल्म निर्माण गरिसकेका पोखरेल सोमबार चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र कलाकार दीपक क्षेत्रीलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका थिए । तर, भवितव्यले दोस्रो दिन नै उनले सोही ठाउँमा आमाको दाहसंस्कार गर्नुपरेको छ । 
 
फिल्मीखबर डटकम परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, यस दुःखको घडीमा शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी हार्दिक समबेदना व्यक्त गर्दछौं ।
Most Visited News (monthly)