

‘हाउसफुल ४’ पछि अर्को एक मल्टीस्टारर कमेडी फिल्म प्रदर्शन हुँदैछ । कमेडीले भरिपूर्ण फिल्म ‘पागलपन्ती’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा अनिल कपूर, जोन अब्राहम, इलियाना डिक्रूज, अरशद वारसी, पुलकित सम्राट, कृति खरबन्दा, उर्वशी रौतेला र सौरभ शुक्ला लिड रोलमा छन् । फिल्म यस वर्षको २२ नोभेम्बरमा रिलिज हुँदैछ ।

‘कबड्डी’ सिरिजका स्क्रिप्ट राइटर उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गर्न लागेको फिल्मका लागि लिड कास्ट फाइनल भएको छ । फिल्ममा अभिनेता दयाहाङ राई यसअघि नै प्रमुख भूमिकामा अनुबन्ध भए पनि लिड अभिनेत्रीको टुंगो लागेको थिएन । लामो समयदेखि निर्माण टिम अभिनेत्रीको खोजीमा थियो । अन्ततः फिल्ममा दयाहाङले रोमान्स गर्ने अभिनेत्री फाइनल भएको छ ।


चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा निर्देशक निश्चल बस्नेतले फिल्म ‘लुट’ लिएर आएका थिए । यो फिल्मले संकटकाल लगाउने तयारीलाई मात्र रोकेन नेपाली फिल्ममा कथा भन्ने शैली पनि परिवर्तन गर्यो । यसले घरेलु बजारबाट नेपाली फिल्मले कतिसम्म कमाउन सक्छ भन्ने आँकडा पनि पेश गरेको थियो । त्यसैले ‘लुट’ लाई नेपाली फिल्मको कोशेढुंगा मानिन्छ ।

अभिनयको हिसाबले अभिनेत्री पूजा शर्माले एक दर्जनको आसपासमा फिल्म गरिसकेकी छन् । तर, अभिनेता प्रदीप खड्कासँग जोडी बाँधेको फिल्म ‘प्रेमगीत’ ले उनलाई एकाएक लाइमलाइटमा ल्यायो । फिल्मले बक्सअफिसमा घाटाको व्यापार गरे पनि उनको अभिनयलाई दर्शकले निकै रुचाए । फिल्मको पनि निकै प्रशंसा भयो । यो फिल्मपछि गुमनाम यी अभिनेत्रीले करिअर पछाडि फर्किएर हेर्नु परेको छैन ।

