Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरोकिएको यशराजको फ्लप यात्रा

फिल्मीखबर, काठमाण्डौ, 2019/12/17
 
अभिनेता यशराज गरच फिल्मप्रेमी दर्शकमाझ परिचित अनुहार होइनन् । केही फिल्ममा अभिनय गरे पनि उनी आफूलाई अभिनेताको रुपमा स्थापित गर्न असफल छन् । म्यूजिक भिडियोबाट करिअर सुरु गरेका उनले फिल्म ‘स्वर’ मा सहायक भूमिका निभाएर अभिनयमा डेब्यू गरेका थिए । तर, उनको डेब्यू फिल्म नै बक्सअफिसमा पछारियो । न त उनको अभिनय नै रुचाइयो । 
 
उनले लिड रोलमा डेब्यू गरेको फिल्म ‘मायाको बारीमा’ हो । गोपीकृष्ण मुभिजले निर्माण गरेको यो फिल्म पनि नराम्रोसँग डुब्यो । त्यसपछि उनले फिल्म ‘नागबेली’ मा काम गरे । यसले पनि उनको फ्लप श्रृंखलामा पूर्णविराम लगाउन सकेन । यो फिल्मबाट उनले फ्लप फिल्ममा ह्याट्रिक नै गरे । ब्याक टू ब्याक तीन फिल्म असफल भएपछि उनीमाथि गिनेचुनेका ब्यानरको आँखा परेन ।
 
यसबीच, उनको हातमा ‘कीर्तिपुर’ पर्‍यो । गएको असार दोस्रो साता प्रदर्शनमा आएको फिल्ममा उनी तत्कालिन राजा पृथ्वीनारायण शाहको भूमिकामा थिए । तर, यो फिल्म हलमा लागेको र उत्रिएकै दर्शकलाई थाहा भएन । यशराजको पछिल्लो रिलिज फिल्म ‘लभ यू हमेशा’ हो, जुन मंसिरमा प्रदर्शनमा आएको थियो । तर, यो फिल्म पनि डिजास्टर साबित भयो । 
 
अभिनय गरेका कुनै फिल्मले सफलता हात पार्न नसक्दा यशराजलाई धेरैले ‘अनलक्की हिरो’ भन्न थालेका छन् । यसै वर्ष दुई फ्लप फिल्म दिएका उनलाई अब नयाँ फिल्म अफर हुने हो वा होइन भन्ने चिन्ताले सताउन थालेको छ । आजभोली उनलाई म्यूजिक भिडियो पनि खासै मिल्न छाडेको छ । फिल्म गर्नुपूर्व भिजेमा राम्रै जमेका यशराजलाई फिल्मले भने रुनु न हाँस्नु बनाएको छ ।
Most Visited News (monthly)