Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन अन्तिममा दयाहाङ र रेखाको ‘नीरफूल’

फिल्मीखबर, काठमाण्डौ, 2019/12/16
 
फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत भदौ २७ मै प्रदर्शनका लागि तयार रहेको यो फिल्मको पोस्ट प्रोडक्सनमा ढिलाइ भएपछि रिलिज डेट पोस्टपोन्ड भएको थियो । अब, फागुन ३० गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा फिल्म आधारित रहेको बताइएको छ ।
 
गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री रेखा विशेष भूमिकामा छिन् । भने, दयाहाङको जोडीको रुपमा देखिन लागेकी शान्तिको यो डेब्यु फिल्म हो । 
 
फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । हालसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा देखाइएको उनी बताउँछन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । 
 
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङलगायत छन् । फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । भने, अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ ।
Most Visited News (monthly)