Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(21 votes, avg 5.00/5.00)
Text size:-
+
-

छविले दिए शिल्पालाई जन्मदिनको शुभकामना

फिल्मीखबर, काठमाण्डौ, 2019/12/24
नेपाली फिल्मका बाघ निर्माता छविराज ओझाले २०७३ साल असार २९ गते अभिनेत्री शिल्पा पोखरेललाई चौथो श्रीमतीको रुपमा घर भित्राएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्ध विच्छेद गरेको १० दिनमै छविले शिल्पासँग गुपचुप रुपमा विवाह गरेका थिए । तर, उनीहरुले लामो समय आफूहरु प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह गर्ने भन्दै दर्शक र मिडियालाई मुर्गा बनाइरहे । 
 
गत वर्ष एक स्मारिकामा अभिनेत्री रेखा थापाले निर्माता ओझा र अभिनेत्री पोखरेलबीच विवाह भैसकेको खुलासा गरेकी थिइन् । तर पनि उनीहरु विवाह भैसकेको स्वीकार गर्न तयार भएनन् । निर्माता ओझाले गत वर्ष एक अन्तर्वार्तामा शिल्पा र आफू लामो समयदेखि सँगै बस्ने गरेको स्वीकार गरे पनि विवाह भैसकेको बारेमा बोलेनन् । उनले ‘अब आफैं बुझ्नुस्’ भन्दै तर्किए । 
 
 
गएको असारमा अभिनेत्री शिल्पाले निर्माता ओझाविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी हालेपछि आधिकारिक रुपमा उनीहरु श्रीमान्-श्रीमती भैसकेको खुलेको थियो । प्रहरीले यी दुईलाई कहिल्यै झगडा नगर्ने कागजी सम्झौता गराएर घर पठाए पनि शिल्पा र छविको घरायसी विवाद परालको आगोझैं भएन । शिल्पाले ओझासँग सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा मुद्धा नै दर्ता गरिन् । 
 
तर, कथामा ट्विस्ट तब आयो जब छविराजकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुवै विरुद्ध बहुविवाहको उजुरी प्रहरीमा दिइन् । सो उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतमा अनुमति माग्यो । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै दुवैजना फरार भए । केही हप्ता अगाडि मात्र दुईलाई अदालतले साधारण तारेखमा छाडेको छ । 
 
तर, अझै दुईले अदालतबाट ‘क्लिनचिट’ भने पाएका छैनन् । हाल उनीहरुको काठमाडौं जिल्ला अदालतमा अंश मुद्धा, माना चामलको मुद्धा र सम्बन्ध विच्छेदको मुद्धा चलिरहेको छ । बहुविवाह मुद्धामा दोषी ठहर भए १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवानासमेत हुने प्रावधान भएकाले अहिले शिल्पा र छवि डर र चिन्तामा बाँचिरहेका छन् । 
 
यसबीच, सोमबार अभिनेत्री शिल्पा पोखरेलले आफ्नो जन्मदिन मनाइन् । सामाजिक सञ्जालमार्फत् विभिन्न फिल्मकर्मी र शुभचिन्तकहरुले उनलाई जन्मदिनको शुभकामना दिए । निर्माता ओझाका निकै नजिकका निर्देशक मानिने नवल नेपाल (मंगलम निर्देशक) ले पनि उनलाई ‘हिँड्दा ठेश नलागोस्, इश्वर सधैँ दाहिना रहुन्’ भन्दै फेसबुकबाट जन्मदिनको शुभकामना दिए । 
 
 
रोचक कुरा चाहिँ के छ भने निर्देशक नेपालले शिल्पालाई दिएको जन्मदिनको शुभकामनाको स्टाटसमा निर्माता छविराज ओझाले कमेन्ट गरेका छन् । उनले ‘ह्याप्पी वर्थडे’ भन्दै श्रीमती शिल्पाप्रति प्रेम दर्शाएका छन् । उनको यो कमेन्टले धेरैलाई चकित तुल्याएको छ । कतिपयले यसलाई निर्माता ओझाले शिल्पालाई घर फर्काउने प्रयासमा रुपमा रुपमा लिएका छन् । 
 
श्रीमान् ओझाविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिएपछि अहिले शिल्पा र छविबीच पानी बाराबारको अवस्था छ । छविको घर छाडेर अहिले शिल्पा दाई बनाएको विकास रौनियारको घरमा बस्दै आएकी छन् । अब उनी कुनै हालतमा निर्माता ओझासँग पुनः सम्बन्ध गाँस्ने मनस्थितिमा छैनन् । श्रीमान् छविराजले दिएको जन्मदिनको शुभकामनाले शिल्पाको मन पगाल्न सक्ला त ?
Most Visited News (monthly)