Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुस्कानको सहयोगार्थ ‘बुद्ध वर्न इन नेपाल’ को विशेष शो

फिल्मीखबर, काठमाण्डौ, 2019/12/24
 
गएको चार वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता रमित ढुंगाना निर्मित तथा अभिनीत फिल्म ‘बुद्ध वर्न इन नेपाल’ को सोमबार विशेष शो आयोजना गरिएको छ । एसिड पीडित मुस्कान खातुनको सहयोगार्थ ‘लाइन्स क्लब अफ काठमाण्डौ’ ले काठमाडौंको बिग मुभिजमा आयोजना गरेको फिल्मको विशेष शोमा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित थिए । 
 
विशेष शोबाट उठेको रकममा केही थप गरेर मुस्कानको उपचारका लागि दिइने ‘लाइन्स क्लब काठमाण्डौ’ ले बताएको छ । नेता नेपालले मुस्कानको अध्ययनका लागि आफूले सरकारसमक्ष सहयोगको कुरा राख्ने आश्वासन दिए । भने, अभिनेता ढुंगानाले आफूले मुस्कानको सहयोगका लागि फिल्म उपलब्ध गराएको बताए । फिल्मको विशेष शोमा मुस्कान पनि पुगेकी थिइन् । 
 
उनले आफ्नो उपचारका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आफूमाथि एसिड प्रहार गर्नेलाई कडा कारबाहीको पनि माग गरिन् । मुस्कानको एसिड प्रहारले शरिरको १० प्रतिशत भाग डढेको छ । केही समय अगाडि एक भिडियो सन्देशमार्फत बलिउड अभिनेता अमिताभ बच्चनले उनको स्वास्थ्य लाभको कामना गरेका थिए । गत भदौमा उनीमाथि एसिड प्रहार भएको थियो । 
 
फिल्म ‘बुद्ध वर्न इन नेपाल’ लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । देश तथा विदेशमा च्यारिटी शो गरेपछि यो फिल्मको नेपालमा प्रदर्शन गरिएको थियो । तर, फिल्मले बक्सअफिसमा गतिलो व्यापार गरेन । फिल्ममा रमितसँगै अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मालगायतका कलाकारहरुको अभिनय छ । फिल्मबाट बुद्ध नेपालमा जन्मिएको सन्देश दिन खोजिएको छ । 
 
तस्विर : आर्यन विमली
Most Visited News (monthly)