Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कसको प्रेममा पागल भए प्रदीप ?

फिल्मीखबर, काठमाण्डौ, 2019/12/31
 
आजभोली जो कोहीका लागि प्रेम अभिव्यक्त गर्ने सजिलो माध्यम बनेको छ, सामाजिक सञ्जाल । आम सर्वसाधारण हुन् वा सेलिव्रेटी, आफ्नो जोडीप्रति प्रेम दर्शाउन सामाजिक सञ्जालको सहारा लिने गर्दछन् । अभिनेता प्रदीप खड्का पनि आफ्नो जोडीप्रति प्रेम भाव व्यक्त गर्न सामाजिक सञ्जालमा बाक्लै आफ्नो तस्विरसहित प्रेमिल शब्द लेखेर पोस्ट्याइरहेका हुन्छन् ।
 
सोमबार इन्स्टाग्राममा ‘राइनो लेदर’ को ज्याकेट लगाएको आफ्नो एक तस्विर साझेदार गर्दै उनले लेखेका छन्, ‘जब उनी भन्छिन् कि तिमी पागल हौं, म तिम्रो लागि भएको हुँ भन्छु ।’ यसबाट अभिनेता प्रदीप कसैको गहिरो प्रेममा रहेको बुझ्न सकिन्छ । आफू सिंगल रहेको बताउन नछाड्ने उनले इन्स्टाग्रामको माध्यमबाट आफू कसैको प्रेममा पागल समेत भएको भन्न खोजेका छन् । 
 
फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ रिलिजताका अभिनेता प्रदीप अभिनेत्री जसिता गुरुङको प्रेममा रहेको चर्चा थियो । तर, उनीहरुले यो कुरा कहिल्यै स्वीकार गरेनन् । यी दुईले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको भन्दै रेडिमेड जवाफ फर्काइरहे । ‘लभ स्टेशन’ को असफलतापछि भने प्रदीप र जसिताको ब्रेकअप भएको चर्चा छ । यस विषयमा पनि दुवै मौन छन् । 
 
 
अहिलेका डिमान्डेड अभिनेतामध्ये एक प्रदीप गएको ६ महिनायता फिल्म ‘प्रेमगीत ३’ को काममा व्यस्त छन् । अब केही प्रतिशत मात्र छायांकन हुन बाँकी यो फिल्ममा उनी तेस्रो पटक ‘प्रेम’ बनेर दर्शकमाझ आउँदैछन् । फिल्ममा उनको जोडी नव अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । चैत २८ गते प्रदर्शन हुने यो फिल्मको गएको २० दिनयता मनाङमा छायांकन भैरहेको छ ।
Most Visited News (monthly)