Most Recent News Headlines
Results : 9091 - 9096 of 24024

फिल्मीखबर, काठमाण्डौ, 2019-11-08, शुक्रवार
बलिउड फिल्मका तीन ठूला सुपरस्टार सलमान, शाहरुख र आमिर खान एकसाथ फिल्ममा देखिए भने के हुन्छ ? त्यसो त लामो समयदेखि दर्शकहरुले तीन खानलाई एउटै फिल्ममा हेर्ने प्रतिक्षा गरिरहेका छन् । यदी, यो भएको खण्डमा तीन खानका फ्यानलाई एक ट्रीटभन्दा कम हुने छैन । उनीहरु एउटै पर्दामा देखिए फिल्म ‘स्योर सट’ हिट हुने पक्का छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-08, शुक्रवार
स्टारकास्टका कारण लामो समयदेखि चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को औपचारिक रुपमा छायांकन सुरु भएको छ । बिहीबार बिहान दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै काठमाडौंबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौं र बाँकी ५५ प्रतिशत मनाङमा हुनेछ । फिल्मको छायांकनका लागि कीर्तिपुरमा भव्य सेट खडा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2019-11-08, शुक्रवार
युवापुस्तालाई मनपर्ने प्रेमकथामा फिल्म बनाउन सिपालु मानिने हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ र सहित्यकार झमक घिमिरेको बायोपिक फिल्म ‘जीवन काँडा कि फूल’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छ । यसअघि कात्तिक २२ गते ‘लभ यू हमेशा र सरौतो’ पनि प्रदर्शनमा आउने तयारीमा थिए । तर, ‘घामड शेरे’ कात्तिक ८ गतेबाट हुत्तिएर कात्तिक २२ मा आएपछि दुबै फिल्म तीन हप्ता पछाडि सरे ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-07, बिहिवार
एक समयका हिरो र अहिलेका वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार दिउँसो भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्सको नयाँ शाखामा फिल्म ‘घामड शेरे’ हेर्न पुगेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-07, बिहिवार
गएको कात्तिक ८ गते नै प्रदर्शनमा आउनु पर्ने फिल्म हो, ‘घामड शेरे’ । तर, बलिउड फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सोज दिएपछि निर्माण टिमले फिल्म दुई हप्ता पछाडि सार्यो । अब, यो फिल्म यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-07, बिहिवार
युवापुस्तामाझ निकै लोकप्रिय अभिनेता अनमोल केसी पछिल्लो पटक फिल्म ‘ए मेरो हजुर ३’ मा देखिएका थिए । यो फिल्मको सफलतापछि उनी आफ्नै होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ को तयारीमा जुटे । तर, स्क्रिप्टमा केही समय लाग्ने भएपछि उनले साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ साइन गरे, ५० लाख पारिश्रमिकमा । छायांकन सुरु भएपछि २० लाख दिने सर्तमा फिल्म साइन गर्दा उनलाई निर्माताले साइनिङ एमाउन्ट स्वरुप ३० लाखको चेक दिए ।
Most Visited News (monthly)

