Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.14/5.00)
Text size:-
+
-

‘परदेशी २’ मा प्रकाश सपुतका दाजुभाई

फिल्मीखबर, काठमाण्डौ, 2020/01/01
 
‘परदेशी’ र ‘गोर्खा पल्टन’ फिल्मका निर्देशक नारायण रायमाझी करीब ४ वर्षपछि फिल्म निर्देशनमा फर्किँदैछन् । उनी अहिले २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल निर्माणको तयारीमा छन् । कथा फाइनल गरेर कलाकार छनोटमा जुटेका उनले केही दिन अगाडि प्रमुख भूमिकामा अहिलेका चर्चित लोक गायक प्रकाश सपुतलाई अनुबन्धित गराएका थिए । 
 
‘बोल माया’, ‘गलबन्दी’ जस्ता चर्चित गीतका गायक सपुतले यो फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेका हुन् । बाल्यकालदेखि नै नेपाली फिल्मको हिरो बन्ने सपना बुनेका उनले थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । हिरो बन्ने सपना बोकेर काठमाडौं आएका सपुतको ‘परदेशी २’ बाट त्यो सपना पूरा हुँदैछ । तर, उनी फिल्म आफ्नो करिअर नभएको बताउँछन् । 
 
फिल्मका लागि निर्देशक रायमाझी अहिले अभिनेत्रीको खोजीमा छन् । फागुनबाट छायांकन सुरु हुने फिल्मलाई आउँदो दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । यसको अघिल्लो श्रृंखला पनि दशैंमा नै प्रदर्शनमा आएको थियो । ‘परदेशी २’ मा प्रकाशसँगै उनका भाई देवेन्द्र बब्लुलाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ । देवेन्द्र गायक, सर्जक तथा थिएटर आर्टिस्ट हुन्  । 
 
नेपालमा गायकबाट नायक बनेकाहरु धेरै छन् । रामकृष्ण ढकाल, यम बराल, यशराज, बाबु बोगटी, प्रशान्त तामाङ, सत्यराज आचार्यलगायत धेरैले आफूलाई गायकसँगै नायकको रुपमा पनि चिनाएका छन् । तर, उनीहरुलाई फिल्मभन्दा गायन पेशा नै फाप्यो । अब, लोक गीतको क्षेत्रमा आफ्नो दबदबा कायम गरेका गायक प्रकाशको फिल्म करिअर कस्तो रहला ? हेर्न बाँकी छ । 
Most Visited News (monthly)