Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘दि कर्मा’ ट्रेलरमा करणको एक्सन, परमिता भिलेन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/01/01
 
आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘दि कर्मा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेण्ड लामो ट्रेलर एक्सन प्रधान छ । फिल्मको मूलकथा प्रस्ट्याउन खोजिएको ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाइएको छ । 
 
त्यस्तै, नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । भारतीय मुलका अभिनेता करण वर्माको आकर्षक शरीर र एक्सनले ध्यान खिच्न सक्छ । नेपालको तराई क्षेत्रमा छायांकन भएको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । 
 
फिल्ममा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । शुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् । सारदा खड्का अर्याल सह-निर्माता रहेको फिल्ममा कोशिश क्षेत्री/मानस थापा/अंकित बाबु अधिकारीको संगीत र रामेश्वर कार्कीको छायांकन छ । 
 
सार्वजनिक ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा फिल्मप्रति उत्सुकता बढाउने विश्वास आफूले लिएको निर्माता रायले बताए । यसअघि रिलिज भएको टीजरले ओभरसिजबाट फिल्मको डिमाण्ड आइरहेको र ट्रेलरले त्यसलाई थप मद्दत गर्ने अर्का निर्माता श्रीदेव बि.एल.ले विश्वास व्यक्त गरे । भारतीय कलाकार करणको अभिनय रहेका कारण यो फिल्मप्रति दर्शकमा चासो छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)