Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9085 - 9090 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-11-10, आईतवार
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ दोस्रो गीत सार्वजनिक भएको छ । ‘साली मन पर्‍यो’ बोलको गीतले निकै राम्रो लोकप्रियता हासिल गरेको अवस्थामा रोमान्टिक भावको ‘सादा सादा’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत छ । चर्चित लेखक बुद्धि सागरले गीत लेखेका हुन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-09, शनिवार

एक समय नेपाली फिल्ममा अभिनेत्री निरुता सिंहको गजबकै रजगज थियो । अझ भनौं, उनी निर्विकल्प अभिनेत्रीझैँ थिइन् । उनलाई फिल्ममा लिन निर्माताबीच ठूलो हानाथाप हुन्थ्यो । महिनै पर्खिएरै भए पनि अभिनेत्रीमा उनैलाई खेलाउँथे । त्यसबेला उनले हिरोसरह पारिश्रमिक बुझ्ने गरेको चर्चा अझै पनि फिल्मवृतमा चल्ने गर्छ । एकसेएक ब्लकबस्टर फिल्म दिएकी उनले अघिल्लो पुस्ताका प्रायः सबै अभिनेतासँग रोमान्स गरेकी छन् ।

एजेन्सी, मुम्बई, 2019-11-09, शनिवार

भारतीय फिल्मका ‘महानायक’ अमिताभ बच्चनले फिल्मी दुनियाँमा आफ्नो यात्रा आरम्भ गरेको ५० वर्ष पूरा भएको छ । आधा शताब्दीदेखि इन्डस्ट्रीमा आफ्नो बलियो साम्राज्य बनाएका उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ ७ नोभेम्बर १९६९ मा प्रदर्शन भएको थियो । त्यसबेलादेखि अहिलेसम्म उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-09, शनिवार

‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्‍याप गीतका कारण चर्चामा रहेका चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले पहिलो पटक नेपाली फिल्मको लागि गीत गाएका छन् । आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’ को प्रमोशनल र्‍याप गीतमा उनले आवाज भरेका छन् । बिहीबार साँझ युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा भिटेन स्वयं फिचर्ड छन् । 

फिल्मीखबर, काठमाडौं, 2019-11-08, शुक्रवार

शुक्रबारबाट हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आएको छ । रिलिजपूर्ण फिल्मको नामलाई कांग्रेस नेता शेरबहादुरसँग जोडेर विभिन्न खाले ट्रोल बनेपछि विवादमा आएको यो फिल्ममा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । उनीहरुले फिल्ममा साली र भेनाको भूमिका निभाएका छन् । निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-08, शुक्रवार
नेपाली आमाकी छोरी सुनिता अहुजासँग विवाह गरेपछि बलिउड सुपरस्टार गोविन्दाका लागि नेपाल पानी-पधेँरोझैँ भएको छ । उनी थुप्रैपटक नेपाल आइसकेका छन् । विशेषगरि पशुपतिनाथको दर्शनका लागि नेपाल आउने गरेको बताउने उनी गएको मंगलबारदेखि नेपालमा छन् । चलचित्र निर्माता संघको आयोजनामा कात्तिक २१ गतेबाट वीरगञ्जमा सुरु भएको ‘नेपाल स्वर्णिम चलचित्र महोत्सव’ मा सहभागी हुन उनी नेपाल आएका हुन् ।
Results : 9085 - 9090 of 24024
Most Visited News (monthly)