Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुर्मुस’ सँग रोमान्टिक बनिन् ‘सुन्तली’

फिल्मीखबर, काठमाडौं, 2020/01/02
 
कलाकारिता क्षेत्रमा जमेको नाम हो, सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ । तर, २०७२ सालमा नेपालमा आएको महाभूकम्पपछि उनीहरुको बाटो मोडियो । भूकम्पपछि भूकम्प पीडितहरुका लागि आवास पूननिर्माण र सामाजिक कार्यमा होमिएपछि यो जोडीले अभिनयबाट दूरी बनाए । तीन ठाउँमा बस्ती निर्माण गरिसकेका ‘धुर्मुस-सुन्तली’ गएको केही महिनायता चितवन भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खटिएका छन् । 
 
क्रिकेट रंगशालाको निर्माण कार्य धमाधम भइरहँदा ‘धुर्मुस-सुन्तली’ ले अभिनयमा कमब्याक गरेका छन् । उनीहरुले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनीहरुको प्रमुख भूमिका छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको ‘फनफनी’ बोलको गीत पनि सार्वजनिक भैसकेको छ ।
 
यसबीच, फिल्मको निर्माण टिमले अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना दिँदै एक पोस्टर सार्वजनिक गरेको छ । जसमा ‘धुर्मुस-सुन्तली’ रोमान्टिक अवतारमा देखिएका छन् । दुवैको गलामा सयपत्री फूलको माला देख्न सकिन्छ । कुर्था सुरुवालमा देखिएकी कुञ्जना श्रीमान् सितारामको अंगालोमा लपक्क छिन् । भने, शिरमा ढाकाटोपी लगाएका सितारामलाई नेताको गेटअपमा देख्न सकिन्छ । रियलझैँ ‘सेन्टी भाइरस’ मा पनि सिताराम र कुञ्जना जोडीको रुपमा प्रस्तुत छन् । 
 

सिताराम ‘सेन्टी भाइरस’ को निर्माण रंगशाला निर्माणको एक अंश रहेको बताउँछन् । सिताराम भएर रंगशाला र धुर्मुस भएर फिल्म बनाएको उनको भनाई छ । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘दर्शकले फिल्म हेर्नका लागि काट्नु भएको टिकटको केही रकम रंगशाला निर्माणमा लगाउँदै छौं ।’ रंगशालाको कामले फिल्मलाई समय दिन नसकेका उनी एउटा राम्रो फिल्म बनाउने प्रयत्न गरेको बताउँछन् । शुविहानी फिल्मस्को ब्यानरमा बनेको फिल्म कमेडी जनरामा बनेको हो । 
Most Visited News (monthly)