Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9061 - 9066 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-11-14, बिहिवार

अभिनेत्री जेविका कार्की नेपाली फिल्म क्षेत्रमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेकी छन् । म्यूजिक भिडियो हुँदै फिल्म दुनियाँमा प्रवेश गरेकी उनले ‘जय श्री दाम’, ‘कारखाना’, ‘जन्मभूमि’, ‘पर्व’ फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छन् । उनी अहिले नयाँ फिल्म ‘हिजो आजका कुरा’ मा व्यस्त छिन् । बुधबार यो फिल्मको मुहूर्तसँगै औपचारिक रुपमा छायांकन सुरु भएको छ । 

एजेन्सी, मुम्बई, 2019-11-14, बिहिवार

बलिउड अभिनेत्री रानी मुखर्जीको मोस्ट अवेटेड एक्सन थ्रिलर फिल्म ‘मर्दानी २’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा एकपटक फेरि अभिनेत्री रानी एक निडर पुलिस अफिसरको भूमिकामा छिन् । यो ५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मर्दानी’ को सिक्वेल हो । जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-14, बिहिवार

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘डंका पिट्यो’ बोलको गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द तथा दिपक शर्माको संगीत छ । होलीको रमझमलाई कैद गरिएको गीतको भिडियोमा फिल्मका नव-नायक साहिल श्रेष्ठ र नव-अभिनेत्री कुसुम राउत प्रेमिल मुद्रामा देखिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-14, बिहिवार
गएको असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ ले यस वर्षको बैशाखदेखि कात्तिक तेस्रो सातासम्म प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा ठूलो कमाई गर्न सफल भएको कलाकार तथा निर्माता दीपकराज गिरीले दाबी गरेका छन् । उनले बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै फिल्म यो वर्षको सबैभन्दा ठूलो ग्रसर साबित भएकोमा खुसी व्यक्त गरे । तर, उनले फिल्मको कलेक्सन खुलाएका छैनन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-14, बिहिवार

दुर्भाग्य नै भन्नुपर्छ, फिल्म ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री मिरुना मगरले अभिनय गरेका कुनै फिल्मले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेका छैनन् । भर्सटायल अभिनेता सौगात मल्लदेखि युवास्टार प्रदीप खड्कासँग काम गरिसके पनि उनी सफलताबाट विमुख छिन् । यद्यपि, प्रदीपसँग रोमान्स गरेको फिल्म ‘रोज’ डिजास्टर साबित भए पनि मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो ।

एजेन्सी, मुम्बई, 2019-11-13, बुधवार
बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘बच्चन पाण्डे’ मा अभिनेत्री कृति सेननको प्रवेश भएको छ । यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुँदैछ । यसअघि कृतिले अक्षयसँग फिल्म ‘हाउसफुल ४’ मा काम गरेकी थिइन् । दोस्रो पटक यो जोडीलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । 
Results : 9061 - 9066 of 24024
Most Visited News (monthly)