
बलिउडका ‘खेलाडी’ अक्षय कुमार स्टारर फिल्म ‘हाउसफुल ४’ सुपरहिट साबित भएको छ । २५ अक्टोबरबाट प्रदर्शनमा आएको फिल्मले आलोचनाको बाबजूद पनि राम्रो कमाई गरेको छ । बक्सअफिसमा फिल्मको कमाईको रफ्तार अझैसम्म पनि रोकिएको छैन । फरहाद सामजी द्वारा निर्देशित फिल्मले प्रदर्शनको तीन हप्तामा २ सय करोडको आँकडा पार परेको छ ।

करीब ७ वर्षअघिको ब्लकबस्टर फिल्म ‘लुट’ बाट नेपाली फिल्मको नक्सा नै परिवर्तन गरेका निर्देशक निश्चल बस्नेतले पहिलो पटक सोलो हिरोको रुपमा अभिनय गरेको फिल्म ‘घामड शेरे’ दोस्रो हप्तामा प्रदर्शनरत छ । फिल्ममा उनले आफ्नै श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । लभस्टोरी जनराको फिल्ममा फिट मानिने हेमराज विसीले यो फिल्मको निर्देशन गरेका हुन् ।

निर्देशक ऋषिराज आचार्यले गत वर्ष ‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा दुई फिल्म ‘चुरीफुरी’ र ‘द्रौपर्दी’ को एकसाथ घोषणा गरेका थिए । त्यसबेला, उनले निर्माता भाग्ने डरले एकसाथ दुई फिल्मको घोषणा गरेको भन्दै टिका टिप्पणी भएको थियो । दुई फिल्म घोषणामै सीमित हुने पनि अडकलबाजी गरिएको थियो । तर, उनले दुई फिल्मध्ये ‘चुरीफुरी’ को तयारी थालेका छन् ।

अभिनेता अनमोल केसीले पहिलो पटक एउटै नायिकासँग दोहोर्याएर काम गर्ने भएका छन् । डेब्यू फिल्म ‘होस्टेल’ देखि पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर ३’ सम्म उनले कुनै नायिकासँग दोहोर्याएन काम गरेका थिएनन् । सबै फिल्ममा उनको जोडी नयाँ अनुहार थिए । आफ्नै ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृंखलामा भने उनले अभिनेत्री सुहाना थापासँग दोहोर्याएर काम गर्ने भएका छन् ।


‘राष्ट्रिय अवार्ड विजेता’ आयुष्मान खुरानालाई अहिले बलिउडको ‘हिट मेशिन’ भन्ने गरिन्छ । उनको एकपछि अर्को फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गरिरहेका छन् । २५ देखि ३० करोडमा निर्माण हुने उनका प्रायः फिल्मले सय करोडको आँकडा छुन सफल छन् । गएको शुक्रबारबाट उनी अभिनीत फिल्म ‘बाला’ प्रदर्शनरत छ । जसले बक्सअफिसमा धूम मच्चाएको छ ।

