Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9055 - 9060 of 23760
फिल्मीखबर, काठमाण्डौ, 2019-09-11, बुधवार
संसारको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ को दोस्रो संस्करण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच अवार्ड आयोजक कम्पनी सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्ष बासुदेव लामिछाने दोस्रो श्रृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरे । अभिनय, गायन, नृत्य र हास्य विधामा अवार्ड प्रदान गरिने र अघिल्लो वर्षभन्दा झनै भव्य बनाउने उनले बताए । 
फिल्मीखबर, काठमाण्डौ, 2019-09-11, बुधवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ले घरेलु बजारबाट निर्माताको लगानी उठाउन सकेन । तर, फिल्मले समीक्षात्मक सफलता हासिल गर्न सफल भयो । फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय र प्रस्तुतीको निकै तारिफ भएको थियो । वैदेशिक रोजगारीमा गएका श्रीमानको प्रतिक्षामा बसेकी एक श्रीमतीले टेम्पो चलाएर कसरी रोगी ससुराको उपचार खर्च र एक छोरीको स्यारसुसार गर्छिन् भन्ने कथामा फिल्म आधारित थियो । 

एजेन्सी, मुम्बई, 2019-09-10, मंगलवार

अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा सानदार व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको चार दिनमा निकै लोभलाग्दो कमाई गरेको छ । दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा राम्रै उठाइरहेको यो फिल्मले सोमबार बक्सअफिसमा जोडेको अंक पहिलो दिनको भन्दा बढी छ । 

फिल्मीखबर, काठमाडौं, 2019-09-10, मंगलवार

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट’ को तेस्रो पार्ट निर्माण हुने भएको छ । निर्देशक परिवर्तन गर्दै मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् । चैतमा प्रदर्शनमा आउने यो फिल्ममा पहिलो पार्टमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-10, मंगलवार

अहिले फिल्म निर्माण गरेर मात्र हुँदैन । दर्शकलाई हलसम्म आकर्षित गर्न प्रचार-प्रसार पनि तगडा हुन आवश्यक हुन्छ । विना प्रचार प्रदर्शनमा उत्रिएका फिल्म राम्रा भएर पनि नचलेका उदाहरण कैयन् छन् । प्रचार राम्रो भएन भने हलमा कुन फिल्म प्रदर्शन भइरहेको छ भन्ने जानकारी दर्शकलाई हुँदैन । दर्शक नै फिल्मको बारेमा अनविज्ञ भए भने हलको व्यापार राम्रो हुने कुरै आउँदैन । त्यसैले फिल्म निर्माण गर्दै गर्दा प्रचारलाई पनि विशेष ध्यान दिन आवश्यक हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-09-10, मंगलवार
भर्सटायल एक्टर विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को छायांकन सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गरेको थियो । 
Results : 9055 - 9060 of 23760
Most Visited News (monthly)