
चलचित्र पत्रकार संघले चलचित्र विकास बोर्डसँग सहकार्य गरेर पोखरामा आयोजना गरेको तीन दिने वृह्त ‘चलचित्र पत्रकारिता कार्यशाला’ शुक्रबार साँझ सम्पन्न भएको छ । बुधबार साँझ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेको कार्यशाला चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

दक्षिण भारतीय फिल्म 'बाहुबली' का प्रमुख पात्र प्रभास अभिनित नयाँ फिल्म ‘साहो’ अहिले प्रदर्शन भैरहेको छ । यो फिल्मले सुखद प्रतिक्रिया प्राप्त गर्न चुके पनि बक्सअफिसमा भने तगडा व्यापार गरिरहेको छ । 'बाहुबली' फिल्म गरेपछि प्रभासको करिअर उचाइमा पुगेको हो । सन् १९७९ मा जन्मेका उनका पिता एक फिल्म निर्माता हुन् ।

फिल्म क्षेत्रमा वर्षा सिवाकोटीलाई असफल अभिनेत्री भन्ने गरिन्छ । उनको प्रमुख भूमिका रहेका कुनै फिल्मले अहिलेसम्म बक्सअफिस कलेक्सनबाट निर्माताको खल्ती भर्न सकेका छैनन् । अधिकांश निर्माता टाँट पल्टिएका छन् । पछिल्लो रिलिज फिल्म 'वीर विक्रम २' बाट उनी फ्लप श्रृंखलामा पूर्णविराम लाग्नेमा निकै आशावादी थिइन् । किनकि, उनले फिल्ममा अहिलेका चल्तीका अभिनेता पल शाहसँग रोमान्स गरेकी थिइन् । तर, फिल्मले हलमा हावा खायो ।


बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म 'भारत' हो ।

म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेका चकलेटी हिरो पल शाहको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ बक्सअफिसमा पत्तासाफ भए पनि उनको डिमान्डमा भने कुनै असर परेको छैन । अहिले उनी सुदर्शन थापाको निर्देशनमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा काम गरिरहेका छन्, जसमा उनको जोडीको रुपमा अभिनेत्री पूजा शर्मा छिन् ।

