Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋतिकलाई आएको थियो बिहेका लागि ३० हजार प्रस्ताव

एजेन्सी, मुम्बई, 2020/01/10
 
१० जनवरी १९७४ मा जन्मिएका बलिउड सुपरस्टार ऋतिक रोशन शुक्रवारबाट ४६ वर्षका भएका छन् । उनले ६ वर्षको उमेरदेखि आफ्नो अभिनय करिअर सुरुवात गरेका थिए । जसमा उनले स्वर्गीय अभिनेत्री श्रीदेवी र साउथका सुपरस्टार रजनीकान्तको छोराको भूमिका निभाएका थिए । अहिले उनी आफ्नो अभिनय र नृत्यको दमले बलिउडका ठूला स्टार भएका छन् । 
 
निकै कम व्यक्ति जान्दछन् कि ऋतिक रोशनको वास्तविक नाम ऋतिक राकेश नागरथ हो । राकेश उनका पिता र नागरथ उनको हजरबुबाको नाम हो । उनको सम्बन्ध एक्टिङ परिवारबाट नभइ संगीत परिवारबाट हो र म्यूजिकको नलेज उनलाई जन्मदेखि नै थियो । यसकारण, ‘जिन्दगी ना मिलेगी दुबारा’ र ‘गुजारिश’ जस्तो फिल्ममा उनले गीत समेत गाएका छन् । 
 
ऋतिक रोशनले आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ पछि आफ्नो फर्स्ट लभ सुजेन खानसँग सन् २००० मा विवाह गरेका थिए । तर, आपसी मतभेदका कारण दुईले १४ वर्ष लामो बैबाहिक जीवन टुंग्याए । सन् २०१४ मा उनीहरुको डिभोर्स भएको थियो । यी दुईको दुई छोरा छन् । ऋतिक र सुजेनको डिभोर्स भए पनि छोेराका लागि भने उनीहरु सधैं समय निकाल्ने गर्दछन् । 
 
मुम्बई मिररको रिपोर्ट अनुसार, ऋतिकले आफूलाई विवाहका लागि ३० हजार प्रस्ताव आएको खुलासा गरेका थिए । तर, उनले सुजेनसँग विवाह गरे । उनले आफ्नो करिअरमा कयैन् सुपरहिट फिल्म दिएका छन् । गएको वर्ष उनका लागि निकै सानदार रह्यो । एशियाको ‘मोस्ट ह्यान्डसम म्यान’ को अवार्डसँगै उनका दुई फिल्म ‘वार’ र ‘सुपर ३०’ सुपरहिट सावित भएको थियो । 
Most Visited News (monthly)