Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9067 - 9072 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-11-13, बुधवार
गत वर्ष प्रदर्शनमा आएको विकासराज आचार्य निर्देशित सुपरहिट फिल्म ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा डेब्यू गरेका अभिनेता अभिषेक नेपाल अभिनीत दोस्रो फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा फिल्म आधारित छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-13, बुधवार
बलिउड अभिनेत्री सन्नी लियोनले ठुम्का लगाएका कारण चर्चामा रहेको नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनीले अब फिल्म वितरणमा हात हालेको छ । ए.वि इन्टरनेशनल प्रा.लिले नेपाली र हिन्दी फिल्म नेपाल र विदेशमा वितरण गर्न लागेको हो । निर्माण कम्पनीले बुधबार एक विज्ञप्तीमार्फत् यस विषयमा जानकारी गराएको हो । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-13, बुधवार

अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेपछि अभिनेत्रीको भाग्य बल्छ भनिन्छ । अभिनेत्री उपासना सिंह ठकुरीलाई हेर्ने हो भने यो सत्य लाग्छ । गत वर्षको फागुनमा आएको फिल्म ‘क्याप्टेन’ मा उनले अनमोलसँग रोमान्स गरेकी थिइन् । फिल्म बक्सअफिसमा नाफाको व्यापार गर्न नसकेपनि उनको अभिनयको निकै सराहना भयो । 

फिल्मीखबर, काठमाडौं, 2019-11-13, बुधवार
दशक अगाडि नेपाली फिल्ममा अभिनेता आर्यन सिग्देलले ठूलो साम्राज्य बनाएका थिए । लभस्टोरी फिल्ममा उनी पहिलो रोजाइमा पर्थे । उनलाई लिएपछि फिल्मले प्रदर्शन अगावै लगाउने उठाउने विश्वास मेकरमा थियो । तर, समय सधैं एकनाश कहाँ हुन्छ र ! कुनै समय उनको फिल्म भनेपछि हलको टिकट काउन्टरमा लाग्ने दर्शकको अपत्यारिलो भीड आजभोली अनमोल केसी र प्रदीप खड्काको पछाडि दौडिएको छ । 
एजेन्सी, मुम्बई, 2019-11-12, मंगलवार
१३ वर्षपछि बलिउड अभिनेत्री शिल्पा शेट्‌टीले निर्देशक शब्बीर खानको फिल्म ‘निकम्मा’ बाट कमब्याक गर्दैछिन् । उनले एक दशक फिल्मबाट टाढा रहनु आफ्नो निर्णय रहेको बताएकी छन् । उनी पछिल्लो पटक सन् २००७ मा आएको फिल्म ‘लाइफ इन ए मेट्रो’ मा देखिएकी थिइन् । १५ वर्षको उमेरमा अभिनयमा डेब्यू गरेकी उनको पहिलो फिल्म ‘बाजीगर’ थियो । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-12, मंगलवार

यही शुक्रबारबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजना भएको फिल्मको प्रिमियरमा सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । फिल्म हेर्ने अधिकांशले कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

Results : 9067 - 9072 of 24024
Most Visited News (monthly)