Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ को एक्सन प्याक्ड टिजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/01/10
अर्को वर्षको बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को एक्सन प्याक्ड टिजर सार्वजनिक भएको छ । शुक्रवार दिउँसो सार्वजनिक भएको टिजरमा तीन सय मिलियन डलर हत्याउन पात्रहरुले गर्ने चलखेल देखाइएको छ । टिजरमा फिल्मको मेकिङ क्वालिटी निकै उच्च देखिन्छ । पुरुषोत्तम प्रधानको छायांकन उस्तै सानदार छ ।
 
 
फिल्मको मूलकथा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा र अनुपविक्रम शाहीको वरिपरि घुमेको टिजरमार्फत् खुलाइएको छ । फिल्ममा शिवले सौगातको पिताको भूमिका निभाएका छन् । सौगात र अर्पण भिन्न लुक्समा प्रस्तुत छन् । गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय छ ।
 
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ बाट अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् । फिल्ममा उनी प्रहरी अफिसरको भूमिकामा छन् । टिजरमा पनि उनको एक झल्को देख्न सकिन्छ । त्यस्तै, यो फिल्मबाट केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले पनि अभिनयमा डेब्यू गर्ने अवसर पाएका छन् । 
 
फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । फिल्ममा हिमाल केसी र निर्देशक भट्टको एक्सन छ । 
 
निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादन रहेको फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । 
 
टिजर हेर्नुहोस् :-
Most Visited News (monthly)