Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सेल्फी किङ’ ट्रेलरलाई दर्शकले भने- ‘जोकर’ को नेपाली भर्सन’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/10
अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनले हास्यकलाकारको भूमिका निभाएका छन् । विशाल सापकोटाको डेब्यू निर्देशन रहेको फिल्मको बुधवार सार्वजनिक भएको ट्रेलरलाई फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया मिले पनि दर्शकहरुले भने हलिउड फिल्म ‘जोकर’ को नेपाली भर्सन भन्दै टिप्पणी गरेका छन् । 
 
 
यूट्युब ट्रेन्डिङको ३५औं नम्बरमा रहेको फिल्मको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ४ लाख २८ हजारले हेरिसकेका छन् । १८ हजार लाइक्स मिलेको ट्रेलरलाई १ हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्समा ट्रेलरको तारिफसँगै हलिउड फिल्म ‘जोकर’ सँग दाँजिएका कमेन्टहरु पनि धेरै छन् । प्रायःले ‘जोकर’ को कथासँग मिल्दोजुल्दो रहेको प्रतिक्रिया जनाएका छन् । 
 
सञ्जु तामाङ ट्रेलरको कमेन्ट बक्समा लेख्छन्, ‘विपिनको लुक्समा ‘जोकर’ को छवि देखेँ ।’ त्यस्तै, मेष बहादुर शाहीले ‘जोकर’ बाट प्रभावित भएर ‘सेल्फी किङ’ बनेको हुनसक्ने अनुमान लगाएका छन् । अर्का दर्शक रमन महर्जनले ‘जोकर’ को रिमेक लागेका कारण फिल्म हेर्न निकै उत्सुक रहेको लेखेका छन् । फिल्मलाई ‘जोकर’ को नेपाली भर्सन भन्ने दर्शकहरु पनि धेरै छन् । 
 
‘सेल्फी किङ’ ट्रेलरलाई उम्दा भन्ने प्रतिक्रिया पनि कम आएका छैनन् । यो फिल्मबाट अभिनेता विपिनले फेरि राष्ट्रिय अवार्ड जित्ने दाबीसँगै उनको अभिनयले मन छोएको प्रतिक्रिया कमेन्ट बक्समा बग्रेल्ती भेट्न सकिन्छ । विपिनको हुलियाका कारण धेरैले ‘जोकर’ बाट फिल्म प्रभावित भएको हुनसक्ने अनुमान काटेका छन् । तर, निर्माण टिमले यो कुरा नकार्दै आएको छ । 
 
दिनेश राउत र सुवास थापाले यो फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह-निर्माता हुन् । फिल्ममा विपिनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । भने, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् । सुशन प्रजापतिले फिल्म खिचेका हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)