Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरआरआर’ मा फेरि भगत सिंह बन्दै अजय

एजेन्सी, मुम्बई, 2020/01/26
 
‘बाहुबली’ फेम्ड निर्देशक एस राजामौलीको मेगा बजेटको तेलुगू फिल्म ‘आरआरआर’ को छायांकन भैरहेको छ । फिल्ममा तेलुगूका दुई सुपरस्टार जूनियर एनटीआर र रामचरण तेजा प्रमुख भूमिकामा देखिँदैछन् । त्यस्तै, फिल्ममा बलिउड सुपरस्टार अजय देवगनले पनि प्रमुख भूमिका निभाउँदैछन् । उनी फिल्ममा एकपटक फेरि भगत सिंहको भूमिकामा देखिनेछन् । 
 
३ सय ५० करोडमा बन्ने फिल्म ३० जुलाईमा प्रदर्शन हुन सक्नेछ । हिन्दीका अलावा तमिल, तेलुगू, मलयालमसहित १० भाषामा फिल्म रिलिज हुने बताइएको छ । भगत सिंहको भूमिकामा अजय फिल्ममा स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लूरी सीताराम राजूको ब्रिटिश शासनको विद्रोह गर्नका लागि पे्ररित गर्नेछन् । राम चरण फिल्ममा अल्लूरी सीतारामको भूमिकामा हुनेछन् । 
 
त्यस्तै, जूनियर एनटीआर कोमाराम भीमको भूमिकामा देखिनेछन् । फिल्ममा बलिउड अभिनेत्री आलिया भट्टले राम चरणसँग रोमान्स गर्नेछिन् । फिल्ममा आयरिश एक्टर रे स्टीवेन्सन, एलिसन डूडी र ओलिविया मरिस ब्रिटिशर्सको भूमिकामा छन् । अभिनेता अजयले केही दिन अगाडि मात्र ‘आरआरआर’ को छायांकन सुरु गरेका हुन् । उनी फिल्मलाई लिएर उत्साहित छन् । 
 
‘आरआरआर’ भन्दा अगाडि अभिनेता अजय ‘द लीजेन्ड अफ भगत सिंह’ मा भगत सिंहको भूमिकामा देखिएका थिए । हालै उनले १८ वर्ष अगाडि रिलिज भएको आफ्नो फिल्मको एक फोटो प्रदर्शनरत फिल्म ‘तानाजी द अनसंग वारियर’ को पोस्टरसँग साथमा शेयर गरेका थिए । कुरा ‘तानाजी’ को गर्ने हो भने फिल्मले बक्सअफिसमा २ सय करोडको व्यापार गरिसकेको छ । 
Most Visited News (monthly)