Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

६० करोड कमाउँदा पनि ‘छपाक’ कसरी फ्लप ?

एजेन्सी, मुम्बई, 2020/01/27
 
अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ सिनेमा घरबाट लगभग उत्रिसकेको छ । १० जनवरीमा प्रदर्शनमा आएको यो फिल्म बक्सअफिसमा दुई हप्ता पनि टिक्न सकेन र फ्लप भयो । करीब ३५ करोडको बजेटमा बनेको फिल्मले बक्सअफिसमा मुश्किलले ३४ करोड ३ लाख कमाएको छ । तर, फिल्मले स्ट्रीमिङ राइट्स र म्यूजिक राइट्सबाट २६ करोड कमाएको छ । 
 
बक्सअफिस कलेक्सनसहित फिल्म ‘छपाक’ ले कूल ६० करोड ३ लाखको कमाई गरेको छ । यसका बावजूद पनि फिल्म कसरी फ्लप भयो त ? यसबारेमा भारतीय अनलाइन बलिउड भाष्करले फिल्म डिस्ट्रीब्यूटर, ट्रेड एनालिस्ट र मल्टीप्लेक्स मालिक राज बन्सलसँग कुराकानी गरेको छ । उनका अनुसार, फिल्मको कूल कलेक्सनको बाँडफाँड हल मालिक र विततरकबीच हुन्छ । 
 
उनले भनेका छन्, ‘फिल्मको बक्सअफिस कमाई हल मालिक र वितरकले आधा-आधा बाँडिन्छ । तर, फिल्म राम्रो चलेन भने ५२.५ प्रतिशत हल मालिकले पाउँछन् भने ४७.७ प्रतिशत वितरकलाई मिल्छ ।’ ‘छपाक’ को कमाई अपेक्षाकृत नभएका कारण ३४ करोड ३ लाखमा १८ करोड ३८ लाख हल मालिकले पाएका छन् । भने, वितरकको हातमा १६ करोड १६ लाख परेको छ ।
 
राज बन्सलका अनुसार, फिल्म प्रदर्शन अगावै निर्माताले वितरकबाट मोटो रकम प्राप्त गर्ने गर्दछन् । निर्माता र वितरकबीच गोप्य डिल हुन्छ, जसकारण फिल्मको वास्तविक आँकडा बाहिर आउँदैन । फिल्म फ्लप भयो भने घाटा वितरकले उठाउनु पर्छ । ‘छपाक’ को हकमा पनि यही भएको हुनसक्ने ट्रेड एनालिस्ट बन्सल बताउँछन् । मेघना गुलजारले फिल्मको निर्देशन गरेकी हुन् ।
Most Visited News (monthly)