Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

पढाइ पूरा गर्न उपासनाको फिल्मबाट ब्रेक

फिल्मीखबर, काठमाण्डौ, 2020/01/28
 
फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा लिइएको छ । ‘क्याप्टेन’ मा उनको स्वभाविक अभिनय र सुन्दरताको प्रशंसा भएको थियो । तर, डेब्यू फिल्मबाट उनले सफलता हात पार्न भने सकिनन् । अभिनयको प्रशंसामै चित्त बुझाउनु पर्‍यो । दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले भने उनलाई हिटको सुख दिलायो । 
 
असोजको पहिलो साता प्रदर्शनमा आएको यो फिल्म बक्सअफिसमा हिट मात्र भएन, उपासनाको अभिनयको पनि निकै प्रशंसा भयो । तर, यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् । उनलाई लिएर फिल्म बनाउन निर्माता/निर्देशक हानाथाप गरिरहे पनि उनले अफर आएका सबै फिल्म रिजेक्ट गरेर बसेकी छन् । आखिर किन उपासनाले फिल्म गरिरहेकी छैनन् त ?
 
अभिनेत्री उपासानाले आफ्नो अध्ययनका कारण फिल्म साइन नगरेको बताएकी छन् । ‘कबड्डी कबड्डी कबड्डी’ को छायांकनका लागि उनले बिबिएको कक्षा नै छाडेकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘भुवन (केसी) सरले फिल्म अफर गरेपछि नकार्न सकिनँ । त्यसपछि ‘कबड्डी ३’ अफर भयो । यो पनि नकार्न सकिनँ । जसकारण बिबिएमा ‘ब्याकपेपर’ रहन पुगेँ ।’
 
उनी आउँदो भदौसम्म कुनै फिल्ममा आबद्ध हुने सोचमा छैनन् । भदौमा बिबिए सकिने र त्यसपछि नयाँ फिल्म साइन गर्ने उपासनाले बताइन् । उनले अगाडि भनिन्, ‘अहिलेका लागि मेरो पहिलो प्राथमिकता पढाई पूरा गर्नु हो । अब स्नातक सक्छु अनि मात्र फिल्म गर्छु । त्यसैले तत्काल फिल्म नगरेको हुँ ।’ उनी फिल्मसँगै आफ्नै व्यवसाय पनि सुरु गर्ने सोचमा रहेको बताउँछिन् ।
Most Visited News (monthly)