Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

साउथ सुपरस्टार विजयको घरमा छापा, ६५ करोड जफत

एजेन्सी, मुम्बई, 2020/02/07
 
साउथ सुपरस्टार विजय इनकम ट्याक्स डिपार्टमेन्टको निशानामा परेका छन् । अहिले ‘मास्टर’ को छायांकनमा व्यस्त रहेको विजयले इनकम ट्याक्सले छापा मारेपछि फिल्मको छायांकन रोकेका छन् । एएनआईको ट्वीट अनुसार, विजय, एक प्रोड्यूसर र फाइनन्सरको मदुरे र चेन्नईका स्थानमा इनकम ट्याक्सको ठूलो रेड परेको छ, जसमा अहिलेसम्म ६५ करोड जफत गरिएको छ । 
 
इनकम ट्याक्स डिपार्टमेन्टका अनुसार, ‘बिगिल’ फिल्म फाइनन्सर अनबूचेजियनबाट ६५ करोड जफत गरिएको हो । मिडिया रिपोर्ट्सका अनुसार, एजिएस सिनेमाजले ट्याक्स चोरी गरेको शंका छ । उनले अभिनेता विजयको पछिल्लो फिल्म ‘बिगिल’ को निर्माण गरेका थिए । फिल्म सुपरहिट भएको थियो । फिल्मले बक्सअफिसमा ३ सय करोडभन्दा धेरैको व्यापार गरेको थियो । 
 
इनकम ट्याक्सको रेड परेपछि सामाजिक सञ्जालमा विजयका फ्यानले उनी चाँडै ‘मिस्टर क्लिन’ भएर फर्किने बताइरहेका छन् । अभिनेता विजयले ‘बिगिल’ का लागि ठूलो रकम नगदमा लिएको चर्चा छ । अभिनेता विजय स्वयंले इनकम ट्याक्स डिपार्टमेन्टले आफ्नो घर र अफिसमा ट्याक्स चोरीलाई लिएर छापा मारेको र आफ्नो स्टाफ र परिवारले पूरा सहयोग गरेको बताएका छन् ।
 
‘बिगिल’ तमिल फिल्मको सबैभन्दा हिट फिल्ममध्ये एक हो । ऐटलीले यसको निर्देशन गरेका थिए । १ सय ८० करोडमा निर्माण भएको फिल्ममा विजयसँगै नयनतारा, ज्याकी श्राफ, योगी बाबूले प्रमुख भूमिका निर्वाहा गरेका थिए । स्पोर्ट्स एक्सन फिल्ममा अभिनेता विजय पिता र छोरा गरि दुई भूमिकामा देखिएका थिए । फिल्मले प्रदर्शनको पाँच दिनमा २ सय करोड छापेको थियो ।
Most Visited News (monthly)