Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रचनात्मक जागिर खोज्ने छलफलमा दीपाश्री र विनोद

फिल्मीखबर, काठमाण्डौ, 2020/02/24
 
सर्वनाम थिएटरको सहयोगमा सिर्जना सूत्रले फिल्म, मिडिया, एनिमेसन र कर्पोरेट क्षेत्रमा रचनात्मक जागिर खोज्नेलाई सम्बन्धित क्षेत्रका विभिन्न हस्तीहरुसँग छलफल चलाउने भएको छ । फागुन १४ गते सर्वनाम थिएटरमा हुने छलफलले फिल्म र अन्य क्षेत्रमा भविष्य खोज्नेहरुका लागि ठूलो सघाउ पुर्‍याउने विश्वास लिइएको छ । 
 
छलफलमा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला र ‘बुलबुल’ निर्देशक विनोद पौडेल, सेयर राइडिङ एप पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत र इनसेस्यान्ट रेन स्टुडियोजका संस्थापक किरण भक्त जोशी वक्ताको रुपमा सहभागी हुनेछ । छलफलमा सहभागी हुनका लागि प्रवेश शुल्क राखिएको छैन । 
 
यो छलफल फिल्म, मिडिया र कर्पोरेट क्षेत्रमा भविष्य बनाउन खोज्न चाहनेहरुका लागि प्रभावकारी हुने आयोजक संस्था सिर्जना सूत्रले बताएको छ । ‘छक्का पञ्जा ४’ को तयारीमा रहेकी दीपाश्रीले छलफलमा फिल्म निर्देशनको आफ्नो अनुभव सहभागीमाझ बाँड्नेछिन् । भने, निर्देशक पौडेलले फिल्म मेकिङको विभिन्न पाटोमा चर्चा गर्नेछन् । 
Most Visited News (monthly)